गृहपृष्ठ बिचार भगवानको धाम व लोक कहाँ छ?

भगवानको धाम व लोक कहाँ छ?

प्रकाशित मिति:

भगवानको धाम व लोक कहाँ छ?

किन देखिदैन?

के आकाशमा हेरेर देख्न सकिन्छ??

युवा ज्योतिषी राजकुमार आचार्य

वैदिक शास्त्रहरुमा ब्राह्मण्डको उत्पत्ति, रचना, विस्तार र परिवर्तनको कुराहरु कहि न कहि लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा पनि सृष्टिको उत्पती, परिवर्तन र कालको अवस्थाको वर्णन पाउन सकिन्छ। सुर्य सिद्धान्त अनुसार कालको उत्पति र यस्को प्रभाव ग्रहहरुको गति र सापेक्षता अनुसार गणना गरिएको हुन्छ जसको शुद्धता आजको वैज्ञानिक सिधाान्तले पनि बदल्न सकेको छैन। सुर्य सिद्धान्तमा उल्लेखित ग्रहको, गति, दूरी, व्यास आदि ठ्याक्कै शुद्ध रुपले उल्लेख गरिएको छ। खगोल विज्ञानलाई ज्योतिष शास्त्रमा मात्र होइन जुनसुकै वैदिक शास्त्रमा पनि कहिँ न कहिँ उल्लेख गरेको पाइन्छ। श्रीमद्भागवत पुराण सम्पूर्ण पुराणहरुमा श्रेष्ठ र वैदिक सभ्यताकै महत्वपूर्ण आधार मानिन्छ। यस्मा भौतिक देखि परम आध्यात्मिक आकाश सम्मको सविस्तार वर्णन पाइन्छ। खगोल विज्ञान, आध्यात्मिक आकाश, ब्रह्माण्डको विशालता एवं व्यापकता स्पष्टसँग वर्णन गरिएको छ। विभिन्न लोकहरु, अनेकौ ब्रह्माण्ड र यीनिहरुमा समयको बिभाजन र प्रभाव पनि त्रुटिरहित छ भनेर एकिन गर्न सकिन्छ। विभिन्न लोकलाई समयले पार्ने प्रभाव र एक देखि अर्कोको विशालता एवं आयूलाई समावेश गरिएको छ। पृथ्वीदेखि जति जति माथीका लोकहरुमा गयो त्यति त्यति समयको प्रभाव पृथ्वीको तुलनामा ठूलो हुँदै जान्छ र यसरी नै भौतिक आकाश ब्रह्मालोकदेखि अन्तिम आध्यात्मिक धाम गोलोक सम्म समयको तुलनात्मक प्रभाव पारिरहेको हुन्छ जुन आधुनिक भौतिक शास्त्रको समय सापेक्षको सिद्धान्त अनुसार एकदम मिल्दो छ। यसकारणले पनि आधुनिक कस्मोलोजीले वैदिक कस्मोलोजी र एक भन्दा माथी अर्का लोक वा ग्रहहरु छन् भनेर भन्न हिच्किचाउदैन। श्रीमद्भागवत पुराणको पञ्चम स्कन्धमा ग्रहा, नक्षत्र, राशिमण्डल, विभिन्न धामहरु र गति एवं दूरीको स विस्तार वर्णन पाइन्छ। ग्रहहरुलाई भगवानको रुपमा मान्न सकिन्छ किनभने यी सबै भगवानकै शक्तिको विस्तार रुप हो। ग्रहमण्डलका पाँच तारा ग्रह बुध देखि शनि सम्म का सबै ग्रह नाङ्गा आखाले नै देख्न सकिन्छ भने राशीमण्डल र नक्षत्रहरुलाई पनि सजिलैसँग पहिचान्न सकिन्छ। यसैगरी ज्योतिषशास्त्रमा आवश्यक भए भन्दा बाहिरको कुरा जस्तै आकशगङ्ग, पुच्छ्रे तारा, सप्तऋषी मण्डल आदिको व्याख्या पनि भागवत पुराणमा पाउन सकिन्छ र यी चीजहरु हाम्रो आँखाले पहिचान गर्न गार्हो पनि मानिरहेको हुँदैन तर पुराणहरुमा उल्लेखित लोक या धामहरु पनि हामीले देख्न सकिन्छ त भन्ने कुरामा भने विश्वास राख्न गार्हो हुन्छ।
भागवत पुराण अनुसार- सुर्य सबै लोकको आत्मा हुनुन्छ जो पृथ्वी र द्युलोकको मध्यमा स्थित हुनुन्छ। चन्द्रमा सूर्यको किरणबाट एक लाख योजन माथी रहेको छ र यस्को चाल अति नै धेरै रहेको छ। चन्द्रमाले कृष्ण पक्षमा क्षीण हुँदै कलाबाट पितृगण र शुक्लपक्षमा बढ्दै कलाबाट देवताको दिनरात बिभाजन गर्दछ साथै तीस तीस मुहुर्तमा एक एक नक्षत्रको पार गर्दछ। चन्द्रमादेखी तीन लाख योजन माथी अभिजित सहित अठ्ठाईस नक्षत्र रहेका छन् जसलाई भगवानले कालचक्रमा नियुक्त गरेर राख्नुभएको छ अत: यीनिहरु मेरुको दायाँबाट घुमिराख्दछन्। यहाँबाट दुइलाख योजनमाथी शुक्र देखिन्छ्न् भने शुक्र देखि दुई लाख योजन माथि बुध ग्रह छ। बुधदेखी दुइलाख योजनमाथी मङ्गल रहेको छ भने यसबाट पनि दुइलाख योजन माथी बृहस्पति र यै क्रमले शनिदेव अवस्थित हुनुन्छ।
शनि ग्रहदेखी एघार योजनमाथी सप्तऋषि तारामण्डल देखिन्छ जसले सबैलोकको मङ्गलको कामना गर्दै भगवान विष्णुको परमपद ध्रुवलोकको प्रदक्षिणा गर्दछ। ध्रुवलोकमा भगवान विष्णुका परमभक्त ध्रुव महाराजले शाशन गर्नुहुन्छ जुन अति ठूलो एवं तेजले युक्त छ। यो ध्रुवलोक सप्तऋषि तारामण्डलदेखी तेह्र लाख योजन माथी अवस्थित छ। यसरी नै अझ एकपछी अर्को रितले ब्रम्हालोक, शिवलोक, अयोध्याधाम हुँदै अन्तिम भगवान श्रीकृष्णको धाम गोलोक रहेको छ। अब के यी सबै हामीले देख्न सकिन्छ त भन्ने जिज्ञासा पनि केही ब्यक्तिहरुमा पाउन सकिन्छ। जसरी बुध देखि शनिसम्मका पाँच ग्रहहरु देखेर छुट्याउन सकिन्छ तर यीनिहरु सबै यौटै तारा समान चम्किने हुदा गुण, बनावट र विशेषता जान्न गाह्रो पर्छ त्यस्तै लाखौ योजन माथी रहेका लोक वा धामहरु पनि हाम्रा आखाँमा अदृश्य जस्तै हुनजान्छ्न्। स्वर्गदेखी पाताल सम्मका सबैलोकहरुले कुनै न कुनै धाम वा तारालाई केन्द्रबिम्दु बनाएर परिक्रमा गर्दछ्न् जसरी सप्तऋषिले ध्रुवलोकलाई गरिरहेको छ। अब भगवानको धाम वा लोकहरु चिन्न हाम्रो आखाले मात्र होइन आध्यात्मिक चक्षु वा चेतनाले हेर्नू जरुरत हुन्छ त्यसकालागी भगवानको कृपाबिना संभवनै छैन। भगवानको कृपा पाउन असिम एवं निष्काम भक्तिको अति नै जरुरत पर्दछ। आकाशमा हेरेर अनुमानै लगाएता पनि यीनिहरुको चालका कारण एकै ठाउँमा नहुने हुँदा एकिन गर्न कदापि संभव छैन तसर्थ भगवान प्रतिको प्रेम र निष्काम भक्तिले हाम्रो चेतनालाई अभिवृद्धि गराउदछ र आकाशमा हेर्दै भगवानको धामहरु अनगिन्ती ताराहरुबिच छुट्याउन सकिन्छ।

सम्बन्धित् समाचार