गृहपृष्ठ जीवन शैली बिहे पछी किन मोटाउछन महिलाहरु ? जानी राखौ

बिहे पछी किन मोटाउछन महिलाहरु ? जानी राखौ

प्रकाशित मिति:

बिबाहपछि अक्सर महिलाहरु मोटाउछन् । किन ? यसका एउटा मात्र कारण छैन । सामान्यतय बिबाहअघि युवतीहरुले आफ्नो फिगरमा बढी ख्याल गर्छन् । उनीहरु स्लिम देखिन रुचाउँछन् । राम्री देखिनुपर्छ भन्ने मानसिकताले पनि उनीहरु फिगर मेन्टेन गरिरहेका हुन्छन् । चाहे खानपानमा कटौती गरेर होस् वा व्यायाम गरेर, फिट एन्ड फाइन रहन रुचाउँछन् ।

त्यस्तै युवाप्रतिको आकर्षणले पनि उनीहरुलाई ‘राम्री देखिन’ मन लाग्छ । कर लाग्छ । प्रेम गर्ने उमेरमा आफ्नो ज्यानको ख्याल गर्नैपर्‍यो । राम्री देखिनै पर्‍यो । स्लिम देखिनै पर्‍यो । आकर्षक हुनै पर्‍यो ।

त्यसो त किशोरवयमा शरीर फिट नै रहन्छ । जति खाएपनि वा व्यायाम नगरेपनि मोटाइ बढ्ने संभावना कम नै हुन्छ । जबकी २०, २२ बर्षपछि बिबाह गर्ने भएकाले त्यसपछिको समयमा मोटोपन बढ्न सक्छ । किन बढ्छ त मोटोपन ?

आफुलाई भन्दा घरपरिवारको ख्याल

बिबाहअघि र पछिको अवस्था फरक हुन्छ । बिबाहअघि उनीहरु आफ्नो ख्याल राख्न सक्छन् । कति खाने, के खाने, कस्तो लगाउने, कसरी लगाउने भन्ने कुरामा सर्तक रहन्छन् । किनभने त्यसबेला पढाई, करियर वा आफुलाई मेन्टेन गर्ने बाहेक अरु भार हुँदैन ।

जब बिबाह गर्छन्, त्यसपछि उनीहरुमा पारिवारिक दायित्व थपिन्छ । पति, सासु, ससुरा लगायतको पनि ख्याल गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफुलाई भुल्छन् । खानपानमा बेवास्ता गर्छन् । शरीर व्यायाम गर्ने बानी छुट्छ । त्यही कारण उनीहरु मोटाउन थाल्छन् ।

सौन्दर्यको चिन्ता

हुन त बिबाहित होस् वा अबिबाहित, महिलाहरुलाई आफ्नो सौन्दर्यको चिन्ता हुन्छ । तर, बिबाअघि र पछिको अवस्थामा भने फरक हुन्छ । बिबाहअघि उनीहरुले आफ्नो सौन्दर्यको ख्याल राख्नैपर्ने हुन्छ । किनभने आकर्षक र सुन्दर युवतीहरु नै पुरुषको नजरमा पर्ने गर्छ । यही मनोविज्ञानले पनि उनीहरु राम्री देखिनका लागि अनेक प्रयास गरिरहेका हुन्छन् ।

जबकी बिबाहपछि त्यस्तो चिन्ता हुँदैन । आफ्नो रुप एवं सौन्दर्यले कसैलाई मोहित गरिरहनुपर्छ भन्ने हुँदैन । किनभने पति जो मिलिसकेको हुन्छ । सुरुवाती अवस्थामा रुपले एकअर्कालाई अकषिर्त गरेपनि बिबाहपछि रुप गौण हुन्छ । बरु, उनीहरुको व्यवहार, गुण, स्वभाव महत्वपूर्ण हुन्छ ।

बिबाह गरिसकेपछि सौन्दर्यको उति चिन्ता नहुने भएकाले पनि उनीहरु मोटाउँछन् ।

घरायसी जीवन

अक्सर महिलाहरु यसकारण पनि मोटाउँछन् कि, बिबाहअघि जस्तो उनीहरु सक्रिय हुँदैनन् । बिबाहपछि घरमै बस्नुपर्ने । घरधन्दाको काम बाहेक बाहिरको कामकाज गर्नु नपर्ने भएकाले दिनदिनै मेकअप गर्ने, ठाँटिने अवस्था हुँदैन । घरमा बसेर सरसफाई गर्ने, खाना पकाउने र बाँकी समय टिभी वा मोवाइलमा बिताउने भएकाले उनीहरुले मोटाइप्रति खास चिन्ता गर्दैनन् । नतिजा, उनीहरुको शरीर मोटाउन थाल्छ ।

घरमा बसेको बेला महिलाहरु खाली मुख बस्दैनन् । केही न केही खाइरहन्छन् । जिब्रोको तलतल मेट्न क्षण-क्षणमा केही न केही खाने बानीले पनि उनीहरुको मोटाइ बढ्छ ।

गर्भावस्था

बिबाहको केही बर्षपछि नै महिलाहरु गर्भवती हुन्छन् । जब गर्भवती हुन्छन्, तब उनीहरुले डाइटिङ गर्ने, स्लिम हुने चक्कर छाड्छन् । पाएजति खान्छन् । अमिलो, पिरो स्वाद खोज्छन् ।

गर्भावस्थामा आरम गर्नुपर्छ । पर्याप्त खानेकुरा सेवन गर्नुपर्छ । यस्तो अवस्थामा घर परिवारले पनि उनीहरुलाई खास तनाव दिदैन । यसरी आरमसाथ खाँदै, बस्दै गर्दा उनीहरु मोटाउँछन् । गर्भावस्थामा गर्भको बच्चाका लागि पनि अतिरिक्त पोषक तत्व लिनुपर्ने भएकाले महिलाहरुले धेरै खानेकुरा खान्छन् । यसरी उनीहरु मोटाउँछन् ।

छोराछोरीमा ध्यान

बालबच्चा भएपछि आफ्नो भन्दा उनीहरुको ख्याल राखिन्छ । बच्चालाई स्यहार्ने, हुर्काउने, पढाउने जस्ता कुरामा सम्पूर्ण समय जाने भएकाले आफ्नो ख्याल राख्ने फुर्सद हुँदैन । यतिबेला आफुलाई आकर्षक देखाउने, फिगर मेन्टेन गर्ने भन्दा पनि परिवारलाई कसरी राम्रो बनाउने, छोराछोरीलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा ध्यान जान्छ । यही कारण महिलाहरुले आफ्नो मोटोपन बढेपनि त्यसमा बेवास्ता गर्छन् ।

सम्बन्धित् समाचार