गृहपृष्ठ खबर कपिलवस्तुमा अधिकाशंले लाइसेन्स बिना अटोरिक्सा चलाउदै । दुर्घटनाको जोखिम बढदै ।

कपिलवस्तुमा अधिकाशंले लाइसेन्स बिना अटोरिक्सा चलाउदै । दुर्घटनाको जोखिम बढदै ।

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा चार नः जितपुर र चन्द्रौटामा सञ्चालनमा रहेका अधिकाशं अटोरिक्सा चालकसगं सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । अटोरिक्सा सञ्चालनका लागी नेपाल सरकारले प्रदान गर्ने सवारी चालक अनुमति पत्र अन्र्तगत लाइसेन्स लिनु पर्ने सरकारी ब्यवस्था रहेको छ । यद्यपी जिल्लाको चार नम्बर जितपुर र चन्द्रौटाका अटोरिक्सा चालकहरु मध्य अधिकाशंसगं लाइसेन्स नभएको पाइएको छ । जसका कारण सवारी र्दुघटनामा पनि बृद्धि भएको छ । सवारी चालक अनुमति पत्र नभई अटोरिक्सा चलाएर हुने गरेका सामान्य सडक दुर्घटनालाई ब्यवहारिक रुपमा प्रहरी प्रशासनले मिलाउने गरेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष मनोज पौडेलले बताए । नेपाल सरकारले अटोरिक्सा चालकलाई ग वर्ग अन्र्तगत लाइसेन्स दिने गरेको छ । चार नम्बर जितपुर र चन्द्रौटामा सञ्चालनमा रहेका अधिकाशं अटोरिक्सा चालकसगं सवारी लाइसेन्स नभई चलाउने गरेको अटोरिक्सा चालक स्वयमले स्वीकार गर्ने गरेका छन । लुम्बिनि ईरिक्सा समितिका केशव आर्चायले २५ प्रतिशत चालकसगं मात्र सवारी लाइसेन्स रहेको बताउदै समय सापेक्षमा मात्र लाइसेन्स लिन पाउने ब्यवस्थालाई हटाइ सधै लाइसेन्स लिन पाउने ब्यवस्था हुन आवश्यक रहेको उनले बताएका छन । यस क्षेत्रमा ईरिक्सा सञ्चालनमा आएपछि २ पटक मात्र लाइसेन्स खुलेकोले पनि यो समस्या आएको उनले बताए ।
हाल कपिलवस्तुमा २ सय बढि अटोरिक्सा सञ्चालनमा रहेको भएता पनि चार नम्बर जितपुरमा मात्र करिव ६० बढि अटोरिक्सा सञ्चालनमा रहेका छन । जसमध्य करिव १५ जनासगं मात्र लाइसेन्स रहेको पाइएको छ । बिशेष गरेर बाणगंगा नगरपालिका घोषणा भएपछि भित्रिएका अटोरिक्सा चालकका रुपमा १६÷१७ बर्षका किशोर देखि ५०÷५५ बर्ष सम्मका बृद्ध रहेका छन । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी नायव निरिक्षक ओम पौडेलले अटोरिक्सालाई राजमार्गमा नभई भित्रि सडकमा सञ्चालन गर्न सुझाव दिने गरेको बताउदै सडक दुर्घटना नहोस भन्नका लागी जनचेतना जगाउने कार्यक्रमको समेत आयोजना गरेको छ । करिव २ बर्ष अटोरिक्सालाई कुन तरिकाले चलाउने, लाइसेन्स, ब्लुबुक, जाचपास हुने की नहुने भन्ने बिवाद रहेकोमा मन्त्रीपरिषदको बैठकले (ह) अन्र्तगत नम्बर दिई सञ्चालन गर्ने निर्णय गरेको थियो । लाइसेन्स नभएकाले सवारी साधन चलाउदा सडक दुर्घटनामा बृद्धि हुने बताउदै यस बिषयमा यातायात ब्यवस्था कार्यालयको समयमै ध्यान जान आवश्यक रहेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रसाद भट्टराइले बताए । ब्यवहारिक रुपमा जति सहज भएपनि दुर्घटना भई हालेमा मृतक के कसरी ५ लाख पाउछन बताउदै उनले यो समस्या झन जटिल बन्दै गएको बताए । निम्न आर्थिक अवस्था भएकाले जिविको पार्जनका लागी खरिद गर्ने र दुर्घटना भइ हालेमा ५ लाख दिन नसक्ने हुदा बिमा, लाइसेन्स, जाचपास र ब्लुबुक नभएसम्म सवारी साधन चलाउन दिनु चुनौती रहेको अध्यक्ष भट्टराइले बताए ।

सम्बन्धित् समाचार