गृहपृष्ठ विविध भुलेर पनि यसो नगर्नुस्, मोबाइल पड्किन सक्छ

भुलेर पनि यसो नगर्नुस्, मोबाइल पड्किन सक्छ

प्रकाशित मिति:

मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा । अनि कहिले कुराकानी गरिरहेको बेला पनि फोन पड्किएको समाचार आउने गर्दछ ।

 

आखिर यस्तो किन हुन्छ ? आउनुस् जानौँ मोबाइल फोन पड्किने केही सम्भावित कारण तथा त्यसबाट जोगिने उपायहरुः

१. चार्ज गरिरहेको बेला फोन प्रयोग नगर्नुहोस्ः मोबाइल फोन पड्किनुको एउटा मुख्य कारण हो, यसको ओभर हिटिङ अर्थात् अत्यधिक तात्नु । मोबाइल फोन प्रयोग गरिरहँदा यसको तापक्रम बढेको हुन्छ । चार्जिङ गर्दा पनि मोबाइलको तापक्रम बढ्दछ । वास्तवमा चार्जिङको समय मोबाइलको लागि आरामको समय हो ।

त्यसैले चार्ज गरिरहेको बेला मोबाइल फोनलाई केबल चार्ज हुन दिनुहोस् । चार्जमा लगाएर गेम खेल्ने, नेट चलाउने वा फोनमा करा गर्ने गर्नु खतरनाक हुनसक्छ । यदि कुनै काम छैन भने त मोबाइल फोनको स्विच अफ गरेरै चार्ज गर्नु राम्रो हुन्छ ।

२. रातभर चार्जमा राखेर नछाड्नुस्ः धेरै मानिसको बानी हुन्छ रातभर मोबाइल फोन चार्जमा राखेर सुत्ने र बिहान चार्जबाट थुतेर चलाउने । यसो गर्नुपनि हानिकारक हुनछ ।

सबैखाले मोबाइलमा चार्ज कन्ट्रोल हुने प्रविधि रहने र फुल चार्ज भएसँगै चार्जिङ आफै रोकिने प्रविधि हुने भएपनि पूराना फोनहरुमा ओभर चार्जिङ हुने र यसले ब्याट्री फुल्ने वा पड्किने खतरा पनि हुनसक्दछ ।

३. ओरिजिनल चार्जरको प्रयोग गर्नेः कहिलेकाहीँ फोन खरीद गर्दा लिएको सक्कली चार्जर बिग्रिसकेपछि पैसा जोगाउनका लागि अर्को सक्कली चार्जर किन्नुको साटो सस्तो चार्जरले पनि काम चलाइन्छ । तर, यसो नगर्नुस् ।

जुन कम्पनीको फोन हो, सोही कम्पनी र मोडेलको चार्जर खरीद गर्नुहोस् । सस्तो खालका तथा जुनसुकै खाले चार्जरबाट चार्ज गर्दा मोबाइल फोन सन्तुलित रुपमा चार्ज नहुने र पड्किने जोखिम पनि हुनछ ।

४. चर्को घाममा नराख्नेः सूर्यको सिधा किरण पर्ने र तात्ने ठाउँम फोन नराख्नुस् । यसले फोन बढि तात्नगई बिग्रिने वा पड्किने समस्या हुनसक्दछ ।

५. एपहरुमा सावधानीः कतिपय एपहरू प्रयोग गर्दा फोनमा बढि उर्जा खपत हुनजाने कारणले फोन बढि तात्दछ । प्रायः जिपिएस नेभिगेसनवाला एप्स प्रयोग गर्दा यस्तो समस्या आउँछ ।

गुगल म्याप, उबर, ओला जस्ता जिपिएस लोकेसन बेस्ड एप प्रयोग गर्दा फोन बढि तात्ने समस्या आउँदछ । त्यसैले जिपिएस अन नगर्ने र यस्ता एप कम प्रयोग गर्ने गर्नुहोस् । एजेन्सी

सम्बन्धित् समाचार