गृहपृष्ठ ज्योतिष /वास्तु ज्योतिष शास्त्रमा कति भ्रम कति सत्य ?

ज्योतिष शास्त्रमा कति भ्रम कति सत्य ?

प्रकाशित मिति:

ज्योतिष शास्त्रमा कति भ्रम कति सत्य ?

यु. ज्यो राजकुमार आचार्य

ज्योतिष शास्त्रको उत्पत्ति मेसोपोटमियम सभ्यताबाट भएको हो भन्ने मान्यता भएता पनि पूर्वीय दर्शनमा भने ज्योतिष शास्त्रलाई श्रीष्टिको आरम्भ देखि नै मान्दै आएको कुरा उल्लेख छ। सबैभन्दा पुरानो ग्रन्थ रामायणमा पनि ग्रहहरूको प्रसङ्ग पाइन्छ र ग्रहहरूले सम्पूर्ण चराचर जगतमा प्रभाव पारेको हुन्छ भनेर पनि उल्लेख गरिएको छ। भागवत पुराणको पंचम स्कन्धमा ब्रम्हाण्ड, लोकहरू, ग्रह एवम् पिण्डहरूको अवस्था र यिनीहरूको चाल एवं प्रक्रिया बारे रोचक जानकारीहरू गराइएको छ। ज्योतिष शास्त्रलाई कालचक्रको रूपमा पनि लिने गरिन्छ किनभने समयको सम्बन्ध सिधै ग्रहहरूको गति सँगै रहेको छ। खास गरेर सूर्यको नारायण गतिलाई नै समयको प्रत्येक एकाईमा मापन गर्ने गरिन्छ। यसैबाट महायुग देखि घटि, त्रुटि, पल सम्मको एकाई प्रयोग भएको छ।

मुख्यतः अहिलेको प्रमुख विषय भनेको ग्रहहरूले मानव जीवन एवं सम्पूर्ण चराचर जगतलाई प्रभाव पार्न सक्छ त? भन्ने रहेको छ। अहिलेको विज्ञानले समयलाई ठुलै परिवर्तन एवं फड्को मारिसक्दाको अवस्थामा पनि ग्रहको प्रभावमा मानिसहरू अड्केर बस्नु भनेको आलास्यतालाई जगाएर केवल भाग्यमा मात्रै विश्वास गर्नु हो भन्ने तर्कहरू पनि विद्वान वर्गबाट हुँदै आइरहेको छ तर महत्वपुर्ण कुरा के हो भने हामीले प्रयोग गरेका तरिका हरू सही ढङ्गमा छ या छैन भन्नु हो। प्राय जसो मानिसहरू भाग्यलाई नै कुरेर बसिरहेका हुन्छन् र कर्मलाई स्वीकार गर्न हिचाकिचाउछन्। तर वास्तविक कुरो के हो भने ज्योतिष शास्त्रमा कर्मको फललाई नै भाग्य भनिएको छ। अर्थात् हामीले जस्तो कर्म गर्छौ सोही अनुरूपको फल भाग्य बनेर आउँछ र यही कुरा ज्योतिषी एवं ज्योतिषमा कार्यरत व्यक्तिहरूले बुझाउन नसक्नु नै प्रमुख कमजोरी हो। यदि कर्म को फल नै भाग्य हो भने कर्म नगरी भाग्य पनि बन्दैन तर कर्म गर्नु पर्छ भन्दैमा गलत तरिका बाट अपनाउनु पनि मूर्खता हो। उदाहरणको लागि नासप्रेको बीज बारीमा लगाउँदैमा उम्रिँदैन तसर्थ मिहेनेत पनि शुभ समय र लागु हुने ठाउँमा मात्रै गर्नु पर्छ।

ज्योतिष शास्त्रले वास्तव मा भन्ने हो भने भाग्यको फल भन्दा पनि शुभ कर्म गर्नलाई प्रेरित गर्छ र त्यही कर्म अनुसारको जीवन शैली लाई परिणत गराउँछ। तसर्थ कर्म गर्नु भनेको मात्रै सफलताको सूचक होइन अपितु हामीले गर्न लागेको गतिविधिहरू सुहाउँदो वातावरणसँग सम्बन्धित छ कि छैन भन्नु हो। आजको समयमा ज्योतिष शास्त्रको वास्तविक उद्देश्य र वैज्ञानिकता जनमानसमा बुझाउन सक्नु पर्छ। ज्योतिषले निर्देशन गरेको सम्पूर्ण उपचार पद्दतिहरुमा केही न केही वैज्ञानिक पृष्ठभूमि रहेको छ। ग्रहको मन्त्र जप पाठ गर्नु, जल चढाउनु, योगासनामा बस्नु, सात्विक खाना खानु, व्रत बस्नु जस्ता प्रमुख दैनिक उपचार विधिले हाम्रो भौतिक शरीरलाई मात्र सन्तुलनमा राख्दैन अपितु मानसिक अवस्थालाई पनि सही ढङ्गमा लगेर सकारात्मक सोच एवं प्रेरणा थपिदिन्छ। त्यसैले ज्योतिष शास्त्रबाट आफ्नो वर्तमान र भविष्यको खराब अवस्थालाई न्यूनीकरण गर्न सकिन्छ भने दैनिक क्रियाकलाप एवं सफलताको उत्प्रेरणाको श्रोत पनि बनाउन सकिन्छ।

सम्बन्धित् समाचार