गृहपृष्ठ जीवन शैली लुम्बिनिमा मेरो विपश्यना अनुभव

लुम्बिनिमा मेरो विपश्यना अनुभव

प्रकाशित मिति:

कतै लाग्थ्यो कुनै ठुलो अपराध त गरेको छैन मैले ? किन कैदीको जिवन शैली भन्दा पनि कठोर जिवनशैली भयो ? १० दिनसम्म बोल्न नपाहिने रे , न मोबाइल चलाउन पाइने । घण्टीकै इशारामा चल्नुपर्ने । सुरुका तिनदिन निकै गाह्रो भयो । यो जेल होइन नि फेरी , यो थियो मेरो बिपश्यनाको यादगार अनुभव । २०७५ असार ३१ गतेदेखि साउन १० गतेसम्म नेपालको लुम्बिनि रहेको बिपश्यना ध्यान केन्द्रमा जादाको अनुभव म तपाइहरुको माझमा साटदै छु ।लुम्बिनि बिकास कोषको आयोजनामा भएका २ वटा कार्यक्रमलाई मैले उद्यघोषक भएर चलाउने अवसर पाए । त्यहाँबाट मैले यसको बारेमा थाहा पाए । कोठामा आएर युट्युवमा यसको बारेमा हेरे , राम्रो लाग्यो । अनि तुरुन्तै लुम्बिनि बिकास कोषका कर्मचारी, प्यारा दाई माधव आर्चायलाई फोन गरेर नाम टिपाउन लगाए । उहाले एक कल फोन गरेर मेरो नाम अवको बिपश्यना गर्नेमा टिपाई दिनुभयो । असार ३१ गते ११ बजेभित्र त्यहा पुग्नु होला भन्ने खबर दिएर उहाले फोन राख्नु भयो । सोही अनुसार ३१ गते बिहान कपिलवस्तुको चार नः जितपुरबाट म करिव २५ मिनेटको बाटो भएर मोटरसाइकलमा लुम्बिनि बिपश्यना ध्यान केन्द्र पुगे । त्यहाँ पुग्दा बिपश्यनाका लागी देश बिदेशबाट आउदै थिए । सुरुमा एउटा सामान्य र्फम भुर्न होला भनेर मलाई दिइयो , अनि मलाई मेरो कोठा देखाइयो । एउटा कोठामा हामी २ जना थियौ । मेरा अर्का साथीसगं सुरुमा परिचय त भयो तर १० दिनसम्म एउटै कोठामा सुत्ने भएतापनि एक अर्कासगं बोलिएन । त्यसदिन साझ त्यहा बस्दा पालन गर्न पर्ने नियम बारे जानकारी गराइयो र साझ ५ बजे नास्ता खाएपछि ६ बजे धम्म हलमा जान लगाइयो त्यहाँबाट आर्य मौन सुरु भयो । आर्य मौन भन्नाले कसैसग कुनैपनि तरिकाले नबोल्ने , जस्तै ईशारा, आखाको सकेंत, लेखन आदी । त्यस दिन नौ बजे आएर हामी सुत्यौ ।

बिहान चार बजे ठुलो आवाज आउने घण्टी बजाइन्छ । फेरी ४ः२० मा पनि घण्टी बजाइन्छ । त्यसपछि धम्म सेवक घरमा पुजा गर्दा प्रयोग गरिने सानो घण्टी कोठा बाहिर आएर बजाएर उठाएर जान्छन । धम्म सेवक त्यहा सहयोग गर्ने इच्छुक पुराना साधन हुन्छन । ४ः ३० देखि ६ः ३० सम्म ध्यान गर्नु पर्छ । ६ः३० देखि ८ बजेसम्म नास्ता खाने तथा नुहाई धुवाइको समय तोकिएको हुन्छ । फेरी ८ बजे घण्टी बज्छ र ११ बजेसम्मका लागी ध्यानमा बस्नुपर्छ । ११ बजे खाना खाने समय हुन्छ , १ बजेभित्र आफनो काम गनुृपर्छ । जुन समयमा म प्राय नुहाउने धुने काम गर्थे । १ बजे फेरी घण्टी बज्छ र ५ बजेसम्म ध्यानमा बस्नुपर्छ । ५ बजे नास्ता दिइन्छ जुन त्यस दिनको अन्तिम भोजन पनि हो । फेरी ६ बजे देखि ७ बजे ध्यान तथा साधना र ७ देखि करिव नौ बजेसम्म प्रवचन हुन्छ । तिन दिनसम्म आनापाना गर्नसिकाइन्छ । आनापाना भन्नाले स्वास गएको आएको महशुस गर्ने हो । चौथो दिनबाट शिर देखि पाउसम्म हुने समबेदनाको महशुस गर्ने साधना सिकाइन्छ ।

विपश्यना एक प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो । विपश्यनाको बिधि नेपाल, भारत, श्रीलंका आदि विश्वका सबै मुलुकमा लोप भएछ तर बर्मामा भने यसलाई राम्ररी जोगाएर राखिएको रहेछ । बर्मामा राखिएको अनमोल विपश्यना बिधि नै अहिले विश्वभरमा अभ्यास गरिंदै छ । यसलाई सत्य नारायण गोयन्काले प्रचार गरी धेरैलाई सहभागी गराएको मानिन्छ । विपश्यना ध्यान गर्न कम्तिमा पनि १० दिने कक्षा लिनु पर्दछ र उक्त अबधिभर ध्यानकेन्द्रमा नै बस्नु पर्दछ । विपश्यना १० दिने कक्षामा सहभागि हुन बडो दृढ संकल्प चाहिन्छ । १० दिन परिवार, आफन्तसंग विछोड सम्पर्क विहिन भएर बस्नुपर्ने, आफ्नो दैनिक ब्यस्त जिवनको १० दिन यसमा खर्च गनु एउटा बहुत कठिन निर्णय हो । १० दिन सम्म शाकाहारी खाना मात्र खानपाइने मांसाहारीका लागि अर्को चूनौतिको बिषय हो । त्यस्तै मदिरा खान नपाइने, शिक्षक वा व्यवस्थापनका पदाधिकारीहरुसंग बाहेक अन्य कोहिसंग पनि ९ दिनसम्म बोल्न नपाइने, अहिलेको संचार माध्यमको युगमा टेलिभिजन, फोन, कम्प्यूटर प्रयोग गर्न पाइदैन । यस ध्यानबाट मानिसहरु शान्ति प्राप्त गर्दछन् र सुखी र आनन्दको जिवन निर्वाह गर्न मद्दत गर्दछ । विपश्यनाको शाब्दिक अर्थ हो, प्राकृतिक रुपमा जे जस्तो अवस्थामा चिजहरु छन् तिनीहरुको अवलोकन गर्नु । विपश्यनाको ध्यानबाट आन्तरिक शान्ति महसुस गर्न सकिन्छ, दिमाग, मस्तिष्क शुद्धिकरण गर्दछ र विभिन्न विकारहरुलाई फाल्न मद्दत गर्दछ । यसले गर्दा यो मानव जिवन सुखी, आनन्दमयी हुन्छ र वरपर संसर्गमा आउनेहरुलाई पनि शान्तिमय जिवन ज्ञापन गर्न उत्प्रेरणा दिन्छ ।

आज विश्वभर ९० भन्दा बढी देशहरु विपश्यना ध्यान सिकाइन्छ । ध्यानकेन्द्रमा गुरु गोएन्काबाट शिक्षा पाएका स्वयंसेवी सहायक शिक्षकहरु हुन्छन्। गुरु गोएन्काबाट सिकाइएको ध्यानका विधिहरुको अडियो बजाई प्रशिक्षाथीहरुलाई ध्यान सिकाइन्छ। त्यस्तै गोएन्काको प्रवचनको भिडियो हरेक दिन सांझ सुनाइन्छ। केहि प्रश्नहरु भएमा सहायक शिक्षकलाई सोध्न सकिन्छ। हरेक ध्यान केन्द्रमा पुरुषहरुका लागि एक पुरुष सहायक शिक्षक र महिलाहरुकालागि एक महिला सहायक शिक्षिका ध्यानको समयमा बस्नु हुन्छ। खाना पकाउने र ध्यान व्यवस्थापन गर्ने सबै स्वयंसेवीहरुबाट हुन्छ। ध्यानगर्न १० दिने कक्षामादर्ता गर्दा वा ध्यानका लागि कुनै शुल्क तिर्नु पर्दैन। बस्ने, खाने सबै निःशुल्क छ। ध्यानको १० दिने कक्षा सकिएपछि आफ्नो गच्छे अनुसारको दान रकम दिए हुन्छ। अरुले दिएका दानबाट आफुले ध्यान गर्दा बस्न खान पाइयो त्यसरी नै पछि अरु आउनेहरुले पनि आफुले दिएको दानबाट त्यसरी नै लाभ उठाउन सकुन भनेर दान संकलन गरिन्छ । हरेक दिन सांझ ७ वजे देखि करिव एक घण्टाको प्रवचनको भिडियो बजाइन्छ। गुरु गोएन्काले प्रवचनका क्रममा बुद्ध धर्मका उपदेश, बुद्धका समयमा भएका घटनाहरुको कथा आदि सुनाउनु हुन्छ। १० दिन सम्म वेग्ला वेग्लै प्रवचनको भिडियो बजाइन्छ। अति प्रष्ट, राम्रो उदाहरणहरु दिएर भनिएको प्रवचन सुनीरहुं जस्तो लाग्दछ। दिनमा पनि कतिवेला सांझपर्ला र फेरी प्रवचन सुन्न पाइएला जस्तो हुन्छ। प्रवचनको सार कुरा, मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो। त्यस्तै भौतिक चिजहरु संग्रह गर्ने, प्रँप्तगर्ने अभिलाषा, आफु सधै ठिक आफु वाहेक अरु सबै गलत भन्ने सोचाई पनि दुःखको अर्को कारण हो। कुनै सुखदकुरा भएमा त्यसमा अति नै रमाई रहने र दुःख भएमा चिन्तित हुनु पनि दुःखको कारण हो। सुख दुःख सबै अवस्थामा समान दृष्टि, समान व्यवहार गर्न सके जिवन उत्तम हुन्छ। नियम पूर्वक आय आर्जन गर्नु, परिवार पाल्नु, अलिकति सहयोग समाजमा पनि गर्नु, झुठो नबोल्नु, सबै प्राणीमा दया माया गर्नु, कुनै कुरामा तुरुन्त प्रतिक्रिया नदिइहाल्नु, सोचेर सम्झेर विचार गरेर मात्र केहि बोल्नु आदि गरेमा जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्छ भनी प्रवचनमा भनिएको छ। नेपाल, भारत, अमेरिका, ब्रिटेन, न्यूजिल्याण्ड र ताइवान देशका कारागारका बन्दी तथा कर्मचारीहरुलाई विपश्यनाको १० दिने कक्षा दिइएको थियो। दिल्लीको पुलिस भर्नाकेन्द्रमा हजारौं पुलिसहरुले तालिम स्वरुप १० दिने विपश्यना कक्षा लिएका छन । अन्तमा एक पटक समय निकालेर तपाईपनि अवश्य त्यहा जानु होला । धन्यवाद अशोक पौडेल ,
कपिलवस्तु

सम्बन्धित् समाचार