गृहपृष्ठ खबर बाघको संंख्या दोब्बर गर्ने नेपाल बिश्वको पहिलो राष्ट्र

बाघको संंख्या दोब्बर गर्ने नेपाल बिश्वको पहिलो राष्ट्र

प्रकाशित मिति:

नेपालले बाघको सख्या झण्डै दोब्बर गर्न सफल भएको छ । पछिल्ले तथ्याङ्गक अनुसार बाघको सख्या दोब्बर गर्ने नेपाल बिश्वकै पहिलो राष्ट्र बनको हो । सन २००९ को गणनामा नेपालमा १२१ मात्र बाघ रहेकोको सन २०१८ आए बाघको सख्या बढेर २३५ पुगेको हो । नेपालले सन २०२२ सम्म बाघको सख्या दोब्बर गर्ने लक्ष्य राखेको थियो । जगंली जनाबरका क्षेत्रमा काम गर्ने वल्ड वाइल्डलाइफ भण्डले दिएको तथ्याङ्ले नेपाल बाघका लागी सुरक्षित र उपयुतm क्षेत्र मानिएको छ ।

पाटे बाघको संरक्षणमा सरकारले छुट्टै कार्यक्रम कार्यान्वयनमा ल्याएपछि दुर्लभ मानिएको बंगाल टाइगरको संख्या हालकोभन्दा दोब्बर हुने बलियो आधार बनेको हो । सन् २०१० को बाघको गणना अनुसार नेपालमा बाघको संख्या १२१ मात्र थियो । यो संख्या आगामी सन् २०२२ मा दोब्बर हुने दावी सरकारी अधिकारीको रहेको छ । संसारमा पाइने आठ प्रजातिका बाघमध्ये दुई प्रजातिका लोप भइसकेका छन् भने छ प्रजातिका बाघ मात्र हाल अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा एक प्रकारको बाघ बंगाल टाइगर नामको बाघ प्रजाति मात्र पाइने गरेको छ ।

विभागका संरक्षण अधिकृत शेरसिंह ठगुन्नाका अनुसार बंगाल टाइगरका लागि नेपालको तराई क्षेत्र उचित बासस्थान मानिन्छ । विशेष गरी पर्सादेखि कञ्चनपुरसम्मको तराईका जंगलमा यो बाघ पाइने गरेको छ । संरक्षण अधिकृत ठगुन्नाले भन्नुभयो, बाघको संख्या बढाउनैका लागि सरकारले बाँकेमा राष्ट्रिय निकुञ्ज घोषणा गरेको हो । चितवनदेखि बर्दियाको बीचमा संरक्षित क्षेत्र नभएको तर बाघको विचरण गर्ने क्षेत्र भएकाले बांकेमा राष्ट्रिय निकुञ्ज स्थापना भएपछि हाल सो निकुञ्जमा पनि बाघ देखिन थालेका छन् ।

विभागका महानिर्देशक टीकाराम अधिकारी भन्नुहुन्छ— बाघको संरक्षणका लागि सुरक्षा निकाय, विभाग अन्तर्गतका सबै निकाय, भन्सार, सञ्चारजगत लगायतका सबै सरोकारवाला निकायको सक्रीय सहभागिता रहंदै आएकाले पनि बाघको संख्या दोब्बर पुर्याउने अभियानमा हामी सफल हुने देखिएका छौं । सरकारले विगत तीन वर्षदेखि बाघ संरक्षण कार्यक्रम भनेर छट्टै कार्यक्रम सञ्चालन हुंदै आएको छ । सो कार्यक्रमका लागि पर्याप्त बजेटको व्यवस्थापन, जनशक्तिको आपूर्ति, आवश्यक तालिम तथा उपकरणको सहयोग हुंदै आएको छ । विभागका अनुसार यो कार्यक्रमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष लगायतका संस्थाहरुको पनि आर्थिक तथा प्राविधिक सहयोग रहंदै आएको छ । जिरो पोचिड्ग अभियानले गैंडाको चोरी शिकार नियन्त्रण ल्यायो ।
नेपालका पछिल्ला वर्षमा बाघको चोरी शिकार घटेको अनुमान गरिएको छ । तिब्बततिर पठाउनका लागि नेपालका तातोपानी, अपि नाम्पाको टिंकर, हुम्ला तथा लामटाँगको टिमुरे हुंँदै केरुड नाकामा बढीजसो बाघको छाला, दांत, हड्डी, जुंगा, पञ्जा, नड्ग्रा लगायतका अंगहरु फेला पर्ने गरेका छन् । भारतबाट आउने गरेको यस्ता बाघका अंगहरुको व्यापारिक थलो तिब्बत भएको मानिन्छ ।

सम्बन्धित् समाचार