त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टको वेब्साइट ” ह्याक ” भएको छ ।उक्त वेबसाईट इन्डोनेशियान ह्याकर ले ह्याक गरेको छन र जानकारी आफ्नो फेसबूक पेजबाट नि जानकारी दियिएका छन | वेब्साइट हाल ह्याकरहरुले ‘HACKED BY TYPICAL IDIOT’ भन्ने सुचना राखेका छन् ।
यस भन्दा पहिला त्रिभुवन विश्वबिद्यालय, बाणिज्यशास्त्र संकायको आधिकारिक वेबसाइट ‘ह्याक’ भएको थियो । साइटमा ह्याकरहरुले ‘ह्याक्ड बाइ डार्क थन्डर’ (नोट : त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टको वेब्साइट ” ह्याक ” गर्ने अलग ह्याकर हो )भन्ने सुचना राखेका थियो । उक्त वेवसाइटमा त्रिभुवन विश्वबिद्यालय बाणिज्यशास्त्र संकायको परीक्षा तालिका, नतिजा सम्बन्धि सम्पूर्ण जानकारी जानकारी राख्ने गरिएको थियो । सोहि ह्याकरको समूहले केहि दिन अगाडी पूर्वाञ्चल विश्वबिद्यालयको वेबसाइट ह्याक समेत गरेका थिए ।
करिब एक महिना अगाडी पोखरा बिश्वबिद्यालयको सर्भर ह्याक गरि टिमभ्युअर सफ्टवेर मार्फत गोप्य डाटा चोरी गरिएको थियो । यसरी बारम्बार बिभिन्न बिश्वबिद्यालयका वेबसाइट ‘ह्याक’ हुनुले बिश्वबिद्धालयले प्राबिधिक सुरक्षाका लागि आवश्यक पर्ने उपाय अबलम्बन नगरेको बुझ्न सकिन्छ ।
किन वेबसाइट ह्याक हुन्छन् ?
वेबसाइट बनाउने बेला सुरक्षाका सामान्य उपायसमेत नअपनाइएकाले बारम्बार ‘ह्याक’ हुने समस्या आएको विज्ञहरू बताउँछन् । साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘रिगो टेक्नोलोजी’ का प्रमुख प्राविधिक अधिकृत विजय लिम्बूका अनुसार वेबसाइटमा मात्रै नभएर ती वेबसाइट होस्ट गरिएका सर्भरमा पनि समस्या देखिएको बताउँछन् ।
‘यसले एक वेबसाइटमा छिरेर अर्को बेवसाइट पनि प्रभावित पार्न ह्याकरलाई सजिलो हुन्छ,’ उनी भन्छन्, ‘धेरै जसो वेबसाइटमा सुरक्षाका सामान्य नियम पनि पालना भएको देखिन्न ।’ नेपाली वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होइन । साइबर सुरक्षासम्बन्धी काम गर्ने अर्को कम्पनी ‘थ्रेटनिक्स’ ले गरेको अनुसन्धान अनुसार २०१७ मा मात्रै ५ सय ९५ भन्दा बढी वेबसाइट ह्याक भएको उल्लेख छ । विश्वप्रसिद्ध पत्रिका “फोर्ब्स” ले केहि महिना अगाडी प्रकाशित गरेको रिपोर्टमा प्रत्येक दिन बिश्वभर ३० हजार वेबसाइट ह्याक हुने गरेको बताइएको छ ।