‘प्रयोग’- सुजाता देवकोटा
पक्कि घर, मोटर बाटो, घरघरमा खाने पानी, सफा चट्ट परेका लुगा लगाएका सुकिला मान्छेहरु देख्दा मलाई पनि रहर लाग्थ्यो कि कुनै दिन म पनि चितवन आउने छु । भनिन्छ नि केही कुरा भित्री आत्मा देखि नै चाहाना भयो भने पूरा हुन्छ रे । ठ्याक्कै त्यस्तै भयो । मलाई बाबाले बाँकी अध्ययनको लागि चितवन पठाउने हुनु भयो। कुनै दिन जुम्ला लाई पनि चितवन जस्तै बनाउने अठोटका साथ आमालाई सम्झाउदै बाबा संगै चितवनको यात्रामा निस्किएँ । मलाई छोडेर बाबा पुनः जुम्ला जानू भयो। कुनै बेला चितवन आउन झगडा गर्ने म आज उडेर बाबा भन्दा पनि पहिले म जुम्ला पुगौं कि जस्तो भयो। फेरि जुम्लालाई पनि सुकिलो बनाउने सपना सम्झिएँ र आफुलाइ सम्हाले । मैले के पढ्ने अझै निधो गर्न सकि सकेको भने थिइन तर बाबाले नर्सिङ को तयारी कक्षामा भर्ना गर्दिनु भएको कारण सरासर क्लास लिन जान थाले। छिट्टै मेरो एउटा मिल्ने साथी भइ। उ मोबाइलमा खुब झुन्डिन्थि। म भने आधुनिक यन्त्र संग खासै अभ्यस्त थिइन । म सोच्थें पढ्न आएको मान्छे पढाइमा फोकस् नगरेर के के गर्छे यो केटी ?
किताब पढे कम्सेकम intrance मा पास त भइन्छ। सदा झै उ आज पनि मोबाइलमा झुन्डिरही, गाली गरें – कति मोबाइल चलाउँछेस् , पढ् पनि । बल्ल उसले देखाइ उ पढ्दै नै रहिछ । मैले खासै ध्यान दिइन तर intrance मा current issue लाई फोकस् गरेर प्रश्न आयो , मैले उत्तर मिलाउन सकिन । एकदमै पछुतो लाग्यो । त्यसपछि मैले बिस्तारै social apps हरु प्रयोग गर्न थालें । सुरुसुरुमा खासै interest लागेन, facebook भन्दा youtube मा जनावरहरु र ठूलाठूला सफल व्यवसायी हरुलाइ घन्टौ सम्म अध्ययन गर्थे। विस्तारै फेसबुकमा संगै पढेका साथीहरुको request आउन थाल्यो र अन्य थुप्रै नचिनेका मान्छेहरु पनि । केटाकेटी बेला न हो, सायद फेसबुकमा साथी धेरै बनाउनु थ्यो। मलाई मैले नचिनेका मान्छेहरुको पनि यदि मलाई bio मन पर्यो भने ती request हरु accept गर्थें । यतिकैमा फेसबुक मार्फत मेरो केटी साथी संग चिनजान भयो उ चितवन कि नै रहिछ । उस्को bio पनि खुब मन पर्यो । उस्ले बिस्तारै आफ्नो जागिर बारे बताउन थाली , हाम्रो भेटघाट पनि हुन थालेको थियो ।
हामी प्राय जसो साँझ तिर संगै घुम्न निस्किन्थ्यौं। एकदिन उसले मलाई आफ्नो घर बोलाइ, त्यस दिन उसको जन्मदिन रहेछ । म उसको घर गएँ । उ घरमा एक्लै बस्थी । त्यो साँझ हामीले खुब रमाइलो गर्यौ। रमाइलो गर्दा गर्दै कुन बेला निदाएछु पत्तो भएन । म बिउँझदा मेरो शरीरका हरेक अङ्गहरु दुखिरहेका थिए। जबर्जस्ति आँखा खोलें। जताततै रगतका टाटाहरु देखें । म उठ्न खोजें उठ्न सकिन । मेरो पेट तिर, ढाड तिर कतै एकदमै दुखेको थियो, घडी , मोबाइल केही पनि भेटिन । घिस्रिएर ढोका सम्म पुगें, ढोका खुलेन । बल गर्न सक्ने शक्ति शरीरमा थिएन। कोही आउला भनेर झ्यालबाट हेरेर बसिरहें । सायद भाग्य भन्नू पर्छ, कोही हिडेर यतै आउँदै थियो । मेले तन्नाको टुक्रो च्याते र डल्लो बनाएर उसको अगाडि फालें । अपरिचित व्यक्तिले मलाई देख्यो र मैले बचाउन आग्रह गरें । पत्रपत्रिकामा म हराएको सुचना निस्कि सकेको रहेछ । उसलाई, केही सुराक मिले पछि मलाई खोज्न पठाइएको रहेछ । बाबाआमा हस्पिटल आउनु भयो , मलाई त्यहीँबाट सिधै हस्पिटल लगिएको थियो । त्यहाँ पुगे पछि थाहा भयो मेरो किड्नी हराएको रहेछ ।
( मैले सामाजिक सञ्जालको प्रयोग उचित तरिकाले नगर्दा कसैले मलाइनै गलत तरिकाले प्रयोग गरिदियो )