श्रीमानले स्वदेशमा रहेकी आफ्नी पत्नीलाई लेखेको चिठ्ठी”
प्रिय आराम छु आरामको कामना गर्छु !!
– ओ हो एसपालि पनि त दशै आउन लाग्यो नि है कालि । जब जब दशै नजिकदै आउँछ तब तब मनमा त्यसै नमिठो सपनाहरूले सताउने गर्छ,आखिरि परदेसी त परियो । साथिहरू छुटि पाएर दशैमा घर जानको लागि जहाजको टिकट काटि सके,उनिहरूको मुहारमा छुट्टै खुसिहरू देख्न सकिन्छ,अनि कति म जस्ताको आँखामा खुसि होइन बेदनाका पिडाहरू देख्न सकिन्छ । मनमा हजारौ खुसिहरू लिएर दशैमा आमाको हातको टिका लगाउने भन्दै सपना बुनिन्छ अनि छुटि नपाएर ति सपनाहरूलाई छिन भरमै लात हान्नु पर्नु अबस्था आउने पनि धेरै छौ हामी यहां । आफ्नो जन्म भुमि छोड्ने रहर त कस्लाई पो हुदो हो र आमाको मिठो साथ जीवन संगिनीको मिठो माया मार्ने रहर कसलाई पो हुदो हो र ! आफ्नै परिबेस अनि देशको बेरोजगारिपनाले बिदेसिनु परेको न हो ।
मनमा खुसि बोकेर घर जाने सपना बुन्दै छुटि माग्न पुगेको थिए कालि तर एसपालि पनि घर जाने छुटि मिलेन । पोहोर पनि उस्तै भाथ्यो, एसपालि चै जसरि पनि आउछु भनेरै साहुकोमा छुटि माग्न गयको थिए तर उल्टै गालि गरेर फर्काई दियो, दुबै आँखाभरि आँशु भरिएर एकछिन त कोठामा आयर भक्कानो छोडेर रोए कालि ! देशको हालत उस्तै बेरोजगारीपना अनि बढ्दो राजनीति चलखेलको कारणले त हो नि तिमिहरूलाई खुसि राख्नको लागि चर्को गर्मि खादै पैसा बटुल्न खाडि आएको । फेरि सबै साहुको अधिनमा चल्नु पर्ने भयपछि कहा आफुले चाहेको बेला छुट्टि पाईन्छ र होइन र! मलाई पनि रहर लाग्दो हो आफ्नै आगनमा हाम्रो चाड मनाउन अनि तिमिसगै मनका रहरहरू साट्न आफुले चाहेको जस्तो अनि सोचेको जस्तो कहा हुने रहेछ र ।
घरको अगेनमा बसेर आमाले आँखा तन्काउदै तन्काउदै राति अबेर सम्म मेरो बाटो नै हेर्दै बस्नुहुन्छ होला ! पोहोर पनि आउछु भनेर आउन पाईन एसपालि पनि आमाले मन धमिलो पार्दै आँखाबाट आँशु झार्दै सोच्नु हुन्छु होला “फेरि जन्म दिने बुढि आमालाई ढाट्यो” आखिर आमालाई झुट बोले जस्तै त भाको छ । मनमा खुसि दिलाएर छिन भरमै भताभुङ्ग पारे जस्तै त भाको छ । सबैको घरमा परदेसबाट छोराहरू आएको देख्दा अनुहार अध्यारो पार्दै “एसपालि पनि कान्छो नआउने भो है” भन्दै तिमिलाई सोध्नु हुन्छ होला ! तिमि पनि आँखामा एक थोपा आँशु नझारि आमालाई सम्झाउ है । तिमिले त पढेकि पनि छौ अनि बुझेकि पनि त छौ ।रातो टिका र हरियो जमरा लगाउने चाहाना त मेरो पनि त थियो परदेसि ठाउँ त्यसमाथि अरूको काममा फसेको म बुझ्छौ नि तिमिले त आमालाई सम्झाई देउ है । आमाले रूधै भन्नु होला- “डाढामाथिको घाम न हु आर्को साल दशै नआउदै डुब्नपनि त सक्छु सबैको घरमा छोराहरूलाई आएको देख्दा आफ्नै छोरा नआउदा मन त रूने नै भयो नि हैन कति वर्ष भइसको यि हातले छोरालाई दशैमा टिका नलगाई दिएको एसपालि पनि उस्तै भो” भन्दै भक्कानो छोडेर पकै रूनु हुन्छ होला तर तिमिले आमाको आँशु पसेर सम्झाउ है, अनि तिमिले आफ्ना आँखाहरूको आँशु बाहिर नदेखाउ है भित्र भित्रै दबाएर बाहिर आमाको अगि मुस्कान भरि देउ है । थाहा छ नि तिमिलाई आमा बुढि भइसक्नु भो अनि रोगि पनि त हुनुहुन्छ अलिकति पनि पीडाहरू उहाले खप्न सक्नु हुन। तिम्रो भर छोडेर परदेस आएको न हु आँशु झर्न नदेउ है ?
हातमा ठुलो खसि डोराउदै हिड्ने गाउँले दाजुहरूलाई देख्दा अनि साथिहरूले नया नया कपडा लगाएको देख्दा हाम्रो फुच्चेले पनि तिमिलाई सताउन सक्छ हाम्रो- “बाबा कहिल्यै आउनु हुन्छ ममि”भन्दै तोति बोलि बोल्दै अझ भन्ला ममि मेरा थाथिहरूका थबैका बाबाहरू घर आईसक्नु भो हाम्रो बाबा कहिले आउनु हुन्छ ? भन्नु न ममि भन्दै अझ चर्को स्वरमा रोला पनि तिमि नरोइकन उस्लाई फकाउ है “बाबा हाम्रो लागि ढाटा खुसिहरू किन्न जानु भयको छ ठुलो जहाज भरि खुसि भरेर ल्याउनु हुन्छ तिमि र मलाई” भन्दै फुच्चेलाई फुलाउ है । कति गाह्रो हुन्छ तिमिलाई सबैको मन भुलाउदै आफ्नो पीडाहरू सँग भिड्न भनेर मलाई थाहा छ तिम्रा हरेक रहरहरू अनि इच्छाहरू पनि सबै मलाई थाहा छ ।
निधारभरि टिका लगाएका जोडिहरू हिडेको देख्दा तिम्रो मनमा ठुलो पीडा पर्न सक्छ मलाई त्यो पनि थाहा छ नि कालि । अनि गाउँ नजिकै चर्के पिङमा सबै खेलेको देख्दा तिमि एक्लै त्यहा जान तिम्रो मनले मान्दैन भन्ने पनि थाहा छ के गर्छौ एक छाक मिठो अनि एक सरो राम्रो लगाउन पाईएला भनेर नै त परदेस आएको हु नि बुझ्छौ नि है तिमिले त । मनलाई दरो बनाउ है बाहिरि मान्छेहरूलाई दशैको बेला आँशु नदेखाउ है पिडाहरू नपोख है हाम्रो आँशु अनि पीडालाई मलम लगाउनुको सट्टा नुन खुर्सानि छर्ने धेरै हुन्छन त्यहा ।
देशमा नया सम्बिधान आएको पनि त छ नि है अब त देश छिटो विकास होलानि अनि हामिले आर्काको मरभुमिमा काम गरे पनि भोलि हाम्रा सन्तानले त नेपाल मै केहि गर्न सक्छन् नि हैन । तिम्रा ति साथिहरूले चटक्क परेर महगो गरगहनाले सजिएर हिड्दा तिम्रो ति हातहरूले रितो घाटि नसमाउ है अनि बुच्चो ति कानहरू ऐनामा नहेर है । तिम्रो लागि मैले महगा गहना किनि दिन सकिन बरू खुसिहरू त धेरै दिन सक्छु नि कालि मनमा पीडाहरू बल्झाएर आँखा भरि आँशु नपार है । अ अस्ति भनेकि थियौ नि एसपालिको दशैमा कतै घुम्न जाने त्यो सानो रहर पनि पुरा गरि दिन नसक्ने भय है मैले आधा जिन्दगि त मरभुमिमा तातो बाफ खाएर नै बित्ने भो झै लाउछ मलाई त कालि,अनि त्यसै त्यसै मन रोएर आउछ ।
आमालाई सम्झाउ अनि फुच्चेलाई हसाउ है घरमा जे छ त्यहि पकाएर राम्रो सँग दशै बनाउ है एसपालिको दशैपनि आखा भरि आँशु ल्यायर जाने भो तर आर्को सालको दशैमा त जसरि पनि खुसि लिएर म आउने छु केवल हाम्रो लागि आर्को साल सम्म प्रखनु है….
उही तिम्रो परदेसी….