गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिका र बेलायतद्वारा साउदीको लगानी सम्मेलन बहिष्कार

अमेरिका र बेलायतद्वारा साउदीको लगानी सम्मेलन बहिष्कार

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी वाणिज्यमन्त्री स्टेफिन म्युनिख र बेलायती अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले साउदीको लगानी सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् । साउदी अरेबियाका पत्रकार जमल खासोग्गीको बेपत्ता भएको विषयमा साउदी अरेबिया दोषी रहेको अरोप लागेको अवस्थामा उनीहरुले यस्तो घोषणा गरेका हुन् ।  खासोग्गी गत अक्टोबर २ मा साउदीको एक सम्मेलनमा प्रवेश गरेयता देखिएका छैनन् । टर्कीले भने उनको हत्या भएको दाबी गरेको छ ।

साउदी अरेबियाले भने उनको हत्या नभएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।  साउदी अरेबियाले मुलुकमाा लगानी व्यापक विस्तार गर्ने उद्देश्यका साथमा यस किसिमको योजना अघि सारेको हो । २३ देखि २५ अक्टोबरसम्म यो सम्मेलन चल्नेछ ।  साउदी राजकुमार मोहम्मद बिन सलमानले यो सम्मेलन आयोजना गर्न लागेका हुन् । उनले अघि सारेको मुलुकको पुनर्सरचनाको योजनालाई सहयोग गर्न यो योजना अघि सारिएको हो ।

बेलायत र अमेरिकाका वरिष्ठ अधिकारीहरुबाट आएको यस किसिमको घोषणाले भने साउदीको यो सम्मेलनमा धक्का पुगेको छ । पत्रकार बेपत्ता भएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साउदी अरेबियालाई चेतावनी दिइसकेका छन् । एजेन्सी

यो पनि पढ्नुहोस्
भारतमा बग्ने ब्रह्मपुत्र नदी चीनमा थुनियो
ल्हसा। भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ। बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो। सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो।

सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ। स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि छ हजार जनालाई अन्यत्रै सारिएको छ। उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ। बिहीबार अपरान्हसम्म छ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ।

स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो। त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो। त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए।

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन्। साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका बताइएको छ।

यार्लूङ्ग चान्गो नदी तिब्बत, भारत तथा बङ्गलादेश हुँदै बग्दछ। एसिया महादेशका ठूला नदीहरू मध्येको एउटा हो। यार्लूङ्ग नदी भारत प्रवेशसगैं यसलाई अरुनै नामबाट परिचित छ।

तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो,चान्गो) नदी भनिन्छ। यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग (दिहांग) नामले चिनिन्छ भने आसाम राज्यमा ब्रह्मपुत्र नामले। बङ्गलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो।

यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामग्रीहरू (ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बङ्गलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बङ्गालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ।

सम्बन्धित् समाचार