गृहपृष्ठ ज्योतिष /वास्तु के हो त तंत्र साधना

के हो त तंत्र साधना

प्रकाशित मिति:
के हो त तंत्र साधना? जान्नुहोस् यसको तथ्य अनि रहस्य 
-युवा ज्यो राजकुमार आचार्य 
सामान्य परिभाषा:
-हिंदू धर्ममा अनेक  प्रकारका विद्या एवं  साधना आदिको वर्णन पाईन्छ। साथसाथै अनेक विधाको पनि उल्लेख रहेको छ। साधनाबाट सिद्धि प्राप्त हुन्छ। सिद्धि भनेको पुर्णता हो अर्थात यसलाई जुन बिधा सँग जोड्यो त्यही अनुसारको परिभाषा दिन मिल्छ। तंत्र साधानामा सिद्ध हुनु भनेको आफ्नो तांत्रिक शक्तिद्वारा कार्य सम्पन्न गर्न सक्नु हो। व्यक्ति सिद्धि यसकारण   प्राप्त गर्न  चाहन्छ,  या त ऊ आफ्नो योगबल द्वारा  सांसारिक लाभ प्राप्त गर्न  चाहन्छ या त आध्यात्मिक लाभ प्राप्त गर्न चाहन्छ। मूलत: साधना लाई  चार प्रकार मा बिभाजन गरिएको पाईन्छ – तंत्र साधना, मंत्र साधना, यंत्र साधना र योग साधना। यसैगरी यी चारै तरहको साधनाको पनि अनेक उपप्रकारहरु हुन्छन्। तर सबैको चासोको विषय भनेको  तंत्र साधना भनेको वास्तवमा के हो भन्ने रहेको छ।
तंत्र विद्या, साधना या तंत्र शास्त्रको  नाम सुन्ने बित्तिकै कतिपय मान्छेको मनमा डर या आशंका उत्पन्न हुने गर्छ। सामान्यतया मान्ने गरिन्छ कि यो कुनै  भयानक विद्या या अघोरियाहरुको   साधना हो। कोहि तंत्रलाई रातिमा भाले काट्ने र उफ्रने भन्ने सम्झिने गर्छन् भने कोहि भयानक विधि भन्ने बुझ्छन्। तर वास्तवमा हामीले यसरी बुझेजस्तो होईन।
अघोर साधना भनेको तांत्रिक पद्धतिमा नै राखिए पनि अलग मानिन्छ र  विशुद्ध तंत्र साधनालाई अलग रूपमा लिईन्छ। तंत्र, मंत्र र यंत्र मध्य  तंत्रलाई सबैभन्दा  पहिलोमा  राखिएको छ। तंत्र एक रहस्यमयी विद्या हो र हिन्दू धर्मको  साथसाथै   बौद्ध, जैन र कतै कतै मुस्लिम धर्ममा पनि यो विद्याको  प्रचलन रहेको पाईन्छ।
तंत्रको मांस, मदिरा र संभोगसँग कुनै पनि  प्रकारको संबंध छैन भन्ने कुराहरू कतिपय तंत्रविद्व बताउछन्, साथै धर्मगुरुहरुको अभिव्यक्ति अनुसार पनि – जो व्यक्ति यस्तो  प्रकारको  घोर कर्ममा  लिप्त हुन्छन् , उनिहरु कहिल्यै तांत्रिक हुन सक्दैनन् भनिएको छ। भगवान शिव पनि एक महान योगि अनि तांत्रीक हुनुहुन्छ तर उनैको अनुयायी गर्नेहरू पनि संभोगसँग जोडेर गलत अर्थ लगाउछन्। तंत्रको नाम पारेर मांस, मदिरा, संभोग जस्ता तल्लो स्तरको भौतिक आकर्षण हुनेहरु तमो गुण अंतरगत पर्दछन्।  तंत्रलाई यस्तै प्रकारका मान्छेहरुले  बदनाम गराईदिएका छन्। तांत्रिक साधनाको  मूल उद्देश्य भनेको  सिद्धिको साक्षात्कार गर्नु हो। त्यसैले अंतरमुखी भएर साधना गर्नुपर्छ। कोहि तंत्रबिद्व भने यीनै कुराको विपक्षमा पनि बोलिरहेका छन् जो यसलाई फरक मतले पेश गरेका छन्।
  वास्तवमा तंत्र विज्ञानले यस्तो सुक्ष्म उर्जा (micro energy) सँग सम्बन्ध राखेको हुन्छ जसको अयाम वा सुक्ष्म गतिको साक्षातकार बाट नै भौतिक उर्जाको नियन्त्रण गर्न सकिन्छ। तंत्रका अनेक पाटा छन् भने जनमानसमा प्राय जसो तंत्रलाई गलत प्रकाले नै बुझ्ने गरेको पाईन्छ। भगवान शिवका अनेक रुपहरु मध्य योगि वा अघोरी देखि प्रकृति पुरुषको लिन सम्मका रहेका छन्। तंत्रलाई दुई भागमा बिभाजन गर्दा यीनिहरुको सतही सिद्धान्त बिल्कुल उल्टो जस्तो देखिन्छ र बिरोधाभाष सिर्जना हुन्छ। एक प्रकारमा तामसिक एवं राजसिक गुणलाई आकर्षण गर्ने पर्छ जस अंतरगत मांस, मदिरा र संभोगको आवश्यक पर्छ। अर्को तर्फ सात्विक आकर्षणले युक्त हुन्छ जस अंतर्गत शुद्ध भोजन कर्म एवं यज्ञ, तप, मंत्र आदिको सहयोग लिने गरिन्छ। वास्तमा यी दुवै पक्षलाई हेर्ने दृष्टिकोणले मात्र फरक पारेको हुन्छ।  शिवशक्तिको प्रक्रिया पनि तांत्रीक एवं ब्रह्माण्डिय उर्जाको बिस्तारसँग सम्बन्धित राख्छ। त्यस्तै यसरी संभोगमा उत्पन्न हुने उर्जाबाट नै सकारात्मक प्रयोगमा तांत्रीकहरुले ल्याउने गर्दछन्। मांस वा मदिरा पनि भौतिक तृप्तिको लागि नभई यसलाई आवश्यक बल वा उर्जामा परिणत गराउन प्रयोग गर्ने गरिन्छ। प्राचीन समयमा तंत्रको अत्यन्तै प्रयोग गरिन्थ्यो फलस्वरूप राजामहाराजा हरु पनि तांत्रीक साधनाबाट राज्यको विस्तार एवं अन्य कुनै पनि कामनाको पुर्ती गर्ने गर्थे। मुगल र हिन्दुको युद्धमा पनि हिन्दुहरुको तांत्रीक साधनाद्वारा नै मुसलमानहरुलाई पराजित गर्न सफल भएका थिए। प्राचीन मंदिरमा राखिएका यौनका कलाकृतिहरु पनि तंत्रबिज्ञान सँगै सम्बन्ध राख्छ।
तंत्र सम्बन्धि केही  महत्त्वपूर्ण सामाग्री 
 तंत्रमा शरीरको महत्त्व  : 
-साधारण अर्थमा भन्नुपर्दा  तंत्रको  अंर्थ तन सँग  , मंत्र का अर्थ मन सँग   र यंत्रको अर्थ कुनै पनि मेशीन अथवा  उपकरणसँग सम्बन्ध राखेको हुन्छ। अझ सहज तरिकाले  भन्नुपर्दा तंत्रको अर्को  अर्थ व्यवस्था भन्ने हुन्छ। तंत्रको यो मान्य छ कि हामीहरु  शरीरमा छौ र यो एक वास्तविकता हपनि हो। भौतिक शरीर नै  हाम्रो  सारा कार्यको  एउटा केंद्र हो जसको माध्यमबाट नै भौतिक मात्र नभैइ आध्यात्मिक आवश्यकताको पुर्ती गर्न सक्छौ। तन अर्थात शरिरलाई कुनै निश्चित आशनमा राखेर वा अंगको वयवस्था द्वारा तांत्रीक बल प्राप्त गर्न सक्छौ जस अंतरगत कुनै पनि भौतिक पदार्थलाई नियन्त्रण गर्न सक्ने खुबी छ कि छैन भन्ने कुरामा भर पर्छ। अत: यो शरीरलाई कुनै पनि  तरहबाट  तृप्त र स्वस्थ राख्न अत्यंतै जरूरी हुन्छ। साथै यो शरीरको क्षमतालाई अभिवृद्धि  गराउन पनि उत्तिकै जरूरी हुन्छ।
तंत्रको ग्रंथहरु :
-तंत्र को मूलत: शैव आगम शास्त्रसँग  जोडेर हेर्न सकिन्छ। तर  यसको मूल प्रमाण अथर्ववेदमा पनि पाउन सकिन्छ। सामन्यतया  तंत्र शास्त्र ३भागमा विभक्त गरिएको छ। आगम तंत्र, यामल तंत्र र मुख्‍य तंत्र। आगम तर्फ  शैवागम, रुद्रागम र भैरवागम लाई  प्रमुख रूपमा  लिईन्छ।
यसैगरी वाराहीतंत्रको अनुसार पनि जसमा  सृष्टि प्रलय, देवताहरुको की पूजा, सत्कर्मको साधना, पुरश्चरण, षट्कर्मसाधन र चार प्रकारको  ध्यानयोगको वर्णन गरिएको छ जसलाई  ‘आगम’ भन्ने गरिन्छ।  जसन्तर्गत  सृष्टितत्त्व, ज्योतिष, नित्य कृत्य, क्रम, सूत्र, वर्णभेद र युगधर्मको वर्णन पाईन्छ र यसलाई  ‘यामल’ पनि भन्ने गरिन्छ। यसै प्रकारले  सृष्टि, लय, मन्त्र, निर्णय, तीर्थ, आश्रमधर्म, कल्प, ज्योतिषसंस्थान, व्रतकथा, शौच-अशौच, स्त्रीपुरुषलक्षण, राजधर्म, दानधर्म, युगधर्म, व्यवहार तथा आध्यात्मिक नियमका वर्णन भएको बिधालाई नै  ‘मुख्य तंत्र’ भनिएको छ।
वाराही तंत्रको अनुसार तंत्रको नौ लाख श्लोकमध्ये  एक लाख श्लोक भारतवर्षमा नै छ भन्ने कुरा शास्त्रविद्व हरु बताउछन्। तंत्र साहित्य कुनै घटनाक्रममा विनाश हुन पुगेको कुराहरू विज्ञहरुले बताएका छन्। हालसम्म  तंत्र शास्त्रको अनेक ग्रंथहरु लुप्त भएका छन् र   प्राप्त सूचनाको अनुसार हाल करिब १९९ तंत्रका ग्रंथ  रहेको तथ्यांक छ। खासमा  तंत्रको विस्तार ईसा पूर्व देखि  १३ औं  शताब्दि सम्म  निकै  प्रभावशालीरुपमा  दक्षिण एसिया , चीन, तिब्बत, थाईल्यान्ड , मंगोलिया, कंबोज आदि देशमा फैलिएको थियो। तंत्रलाई तिब्बती भाषामा  रिगयुद भन्ने गरिन्छ। समस्त रिगयुद 78 भागमा रहेको छ भने जसमध्ये  अरु  2640 वटा स्वतंत्र ग्रंथ मानिन्छन्।
तांत्रिक गुरु : 
-तंत्रको  प्रथम उपदेशक भनेका  भगवान शंकर र त्यसपछि   भगवान दत्तात्रेयलाई मान्ने गरिन्छ। साथसाथै यसै परम्परालाई जोडेर   सिद्ध, योगी, शाक्त र नाथ परंपराको प्रचलन पनि रहि आएको छ। यसैगरी तंत्र साधनाको  प्रणेताको रूपमा  शिव एवं  दत्तात्रेय  बाहेक देवर्षी  नारद, भगवान परशुराम, पिप्पलादि, वसिष्ठ, सनक, शुक, सन्दन, सनतकुमार, भैरव, भैरवी, काली आदि अनेक ऋषि मुनि एवं देवताहरु पनि यो साधनाको  उपासक भएको कुरालाई स्वीकार गर्न सकिन्छ।
भारतको ब्रह्मयामलमा बहुसंख्यक ऋषिहरुको  नामोल्लेख रहेको छ, जसमध्ये शिव ज्ञानका प्रवर्तक हुनुहुन्थ्यो भने यीनिहरुमा  उशना, बृहस्पति, दधीचि, सनत्कुमार, नमुलीश आदिको नाम पनि  उल्लेख भएको पाईन्छ। यसैगरी  जयद्रथयामलको  मंगलाष्टक प्रकरणमा तन्त्र प्रवर्तकमध्ये धेरै जना  ऋषिहरुको नाम रहेको छ, जसमध्ये दुर्वासा, सनक, विष्णु, कश्यप, संवर्त, विश्वामित्र, गालव, गौतम, याज्ञवल्क्य, शातातप, आपस्तम्ब, कात्यायन, भृगु आदि रहेका छन्।
तांत्रीक हतियार :
– तंत्रको  माध्यमबाट नै  प्राचीनकालमा  घातक प्रकारको  हतियार निर्माण गरिन्थ्यो जुन प्राकृतिक उर्जालाई एकीकृत गरेर विनाश गर्ने कार्य गर्दथ्यो। हामीले पुराण वा महाभारत आदिका युद्ध हरुमा प्रयोग हुने शस्त्र अस्त्र को बारेमा त सुन्दै आईरहेका छौ जसमा विभिन्न घातक अश्त्रहरुको वर्णन पाईन्छ, जस्तै  पाशुपतास्त्र, नागपाश, ब्रह्मास्त्र आदि। जसमा  यंत्रकोे स्थानमा  मानव अंतरालमा रहने विद्युत शक्तिको कुनै यस्तो विशेष रुपले अवस्थाको निर्माण गरिन्छ कि जसबाट   प्रकृतिद्वारा सूक्ष्म परमाणु उसै  स्थितिमा  परिणित हुन्छ र प्रकिया सुरु गर्न थाल्छ।
पदार्थको रचना, परिवर्तन र विनाशको  प्रमुख ठूलो  काम बिना कुनै  यंत्रको वा बाह्य उपकरणको सहायताले  तंत्र द्वारा गर्न संभव रहन्छ।  तंतविज्ञानको भागलाई  ‘सावित्री विज्ञान’ तंत्र-साधना, वाममार्ग आदि नामद्वारा पनि जान्न सकिन्छ। यसैगरी तंत्र-शास्त्रमा जुन पंच प्रकारको प्रमुख  साधना उल्लेख गरिएको छ, त्यसैमध्य  मुद्रा साधनालाई अझ महत्व दिने गरेको पाईन्छ। मुद्रा अंतरगत  आसन, प्राणायाम, ध्यान आदि योगको संपुर्ण  क्रियाहरुको समावेश हुन्छ।
तांत्रिक साधना :  
-तांत्रिक साधनालाई साधारणतया ३ मार्गमा बिभाजन गरिएको छ – वाम मार्ग(Left path), दक्षिण मार्ग(Right path) र मध्यम मार्ग(Middle path)। तर हालको अवस्थामा  यो मुख्यत: दुई प्रकारको नै मान्ने गरिएको छ – एक वाम मार्गी (left handed) तथा अर्को दक्षिण मार्गी(right handed)। वाम मार्गी साधनालाई एकदम  कठिन साधनाको रूपमा लिन सकिन्छ। यसैगरी  वाम मार्गी तंत्र साधनामा  6 प्रकारको कर्म बताईएको छ जसलाई  षट्कर्म पनि भनिन्छ।
शांति, वक्ष्य, स्तम्भनानि, विद्वेषणोच्चाटने तथा।
गोरणों तनिसति षट कर्माणि मणोषणः॥
-अर्थात शांति कर्म, वशीकरण, स्तंभन, विद्वेषण, उच्चाटन, मारण यीनै  छ: तांत्रिक षट् कर्म हुन्।
यो बाहेक अरु  नौ प्रयोगको वर्णन पनि प्राप्त गर्न सकिन्छ:-
मारण मोहनं स्तम्भनं विद्वेषोच्चाटनं वशम्‌।
आकर्षण यक्षिणी चारसासनं कर त्रिया तथा॥
-अर्थात: मारण, मोहनं, स्तम्भनं, विद्वेषण, उच्चाटन, वशीकरण, आकर्षण, यक्षिणी साधना, रसायन आदि  क्रिया तंत्रको  9 प्रयोग हुन्।
रोग कृत्वा गृहादीनां निराण शन्तिर किता।
विश्वं जानानां सर्वेषां निधयेत्व मुदीरिताम्‌॥
पूधृत्तरोध सर्वेषां स्तम्भं समुदाय हृतम्‌।
स्निग्धाना द्वेष जननं मित्र, विद्वेषण मतत॥
प्राणिनाम प्राणं हरपां मरण समुदाहृमत्‌।
-जसबाट  रोग, कुकृत्य र ग्रह आदिको शांति हुन्छ त्यसलाई  शांति कर्म भनिन्छ र जुन कर्मद्वारा नौ सम्पुर्ण  प्राणीहरुलाइ वशमा  गर्न सकिन्छ त्यसलाई  वशीकरण प्रयोग भनेर भन्ने गरिन्छ तथा जसमा  प्राणिहरुको प्रवृत्ति रोकिदियो भने, उसलाई स्तम्भन भनिन्छ  साथै  दुई प्राणि बिचको  परस्पर प्रीतिलाइ बिभक्त गरिदिने  वाला नाम विद्वेषण हो, जुन कर्मद्वारा  कुनै पनि ब्यक्ति लाई  देश वा भेगबाट  पृथक गरिन्छ भने त्यसलाई   उच्चाटन प्रयोग  भनिन्छ र  जुन प्रक्रियाद्वारा  प्राण हरण गरिन्छ त्यसलाई  मारण कर्म भनिन्छ।
तंत्रको प्रतीक :
-त्रिकोणद्वारा बनाईएको स्टारको बीचमा  स्वास्तिक या ॐको चिन्ह, हातमा लगाउने वाला   मेहंदी, आँगन एवं मुलद्वारमा  अंकित गर्ने चित्र, बालकको  संध्या कालमा  जन्म हुँदा  लगाउने  स्वास्तिक र  आकृति, तिहारमा अनि अन्य पर्वहरुमा सजाउने रंगोली आदि पनि तंत्रकै प्रतीकका रूपमा लिन सकिन्छ। यद्यपि  तंत्रको अरु निकै रहस्यमयी प्रतीकहरु पनि छन् जसमध्य योगको कुनै आशन एवं  मुद्रां, क्रिया आदिलाई पनि मान्न सकिन्छ।
तांत्रिक मंत्र :
-मुख्यत: 3 प्रकारको  मंत्र हुन्छन् जसमा-
 1. वैदिक मंत्र, 
2. तांत्रिक मंत्र 
र 3. शाबर मंत्र।  आदि रहेका छन्।
तांत्रिकको  बीज मंत्र अंतरगत ह्नीं, क्लीं, श्रीं, ऐं, क्रूं आदि प्रकारको अक्षरहरुको उपयोग गरिएको हुन्छ। जुन मंत्रको प्रारंभमा यस्ता प्रकारका अक्षरहरु हुन्छन् भने त्यी सबै तांत्रिक मंत्र हुन् भन्ने बुझ्न सकिन्छ। अझ भन्नू पर्दा यी प्रत्येक तांत्रीक अक्षरहरुले कुनै विशेष देवताहरुलाइ जनाएको हुन्छ अत: एक अक्षरबाट नै थाहा पाउन सकिन्छ कि यो कुन देवताको मंत्र हो जस्तै लक्ष्मी माताको लागि श्रीं  उपयोग गरिन्छ भने माँ कालीको लागि  क्रीं को। ज्योतिषमा पनि विभिन्न ग्रहहरुको मंत्र साधनालाई तांत्रीक एवं वैदिक गरि दुई प्रकारका मंत्रहरुमा राखिएको छ जसन्तर्गत तांत्रीक जप वैदिक भन्दा छोटो र सहज हुने गर्छ।
तंत्रिक मंत्रमा पनि
 एकाक्षरी (काली) मंत्र ॐ क्रीं,
 तीन अक्षरी काली मंत्र ॐ क्रीं ह्रुं ह्रीं॥, 
पांच अक्षरी काली मंत्र ॐ क्रीं ह्रुं ह्रीं हूँ फट्॥, षडाक्षरी काली मंत्र ॐ क्रीं कालिके स्वाहा॥,
सप्ताक्षरी काली मंत्र ॐ हूँ ह्रीं हूँ फट् स्वाहा॥,
श्री दक्षिणकाली पूर्ण मंत्र ॐ ह्रीं ह्रीं ह्रुं ह्रुं क्रीं क्रीं क्रीं दक्षिणकालिके क्रीं क्रीं क्रीं ह्रुं ह्रुं ह्रीं ह्रीं॥ 
या ॐ ह्रुं ह्रुं क्रीं क्रीं क्रीं ह्रीं ह्रीं दक्षिणकालिके ह्रुं ह्रुं क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहा॥ आदि रहेका छन्।
यी मंत्र जप गर्दा यहाँबाट उत्पन्न हुने ध्वनी कम्पनले मस्तिष्कसम्म पुर्याउछ र अवचेतन तरङ्गहरु जागृत गराउछ फलस्वरूप ज्ञानहरु स्वत: बढ्दै जान्छ र आत्मतत्वको साक्षातकार सम्म पनि गराउछ। साथै माथि दिईएको मंत्र जप गर्दा भूत प्रेत आदि नकारात्मक उर्जाका बाधाहरुलाई पनि हटाउन सकिन्छ। विशेष त ज्योतिषको उपचारको रूपमा जोडेर हेर्ने हो भने ह्रिं क्रिं वाला तांत्रीक मंत्रहरुको जप विशेष ग्रहलाई आधार मानेर गर्न सकिन्छ।
तंत्र साधनाको देवी देवता :
– तंत्र साधनामा  देवी काली, अष्ट भैरवी, नवदुर्गा, दस महाविद्या, 64 योगिनी आदि देविको साधना गरिन्छ। यसै प्रकार देवताहरुमा  बटुक भैरव, काल भैरव, नाग महाराज आदिको साधना गरिन्छ। यसै प्रकारले अन्य साधनामध्ये यक्षिणी, पिशाचिनी, अप्सरा, वीर साधना, गंधर्व साधना, किन्नर साधना, नायक नायिका साधान, डाकिनी-शाकिनी, विद्याधर, सिद्ध, दैत्य, दानव, राक्षस, गुह्मक, भूत, वेताल, अघोर आदि पनि रहेका छन्।
निष्कर्ष:
-तंत्र विज्ञान धेरै  विशाल रहेको छ र यसका विभिन्न प्रयोजन सहित विशेष बिधाहरु पनि रहेका छन्। तंत्रद्वारा आजको समयमा विशेष गरि चिकित्साको क्षेत्रमा लाभ प्राप्त गर्न सकिन्छ भने सफल जीवनको लागि पनि तंत्रले अझ विशेष सहयोग गर्न सक्छ। तंत्रलाई विज्ञानको रूपमा लिएर आवश्यकता अनुरुप प्रयोग गर्न सकियो भने जीवनमा कुनै समस्याहरुले त्यति दुख दिन सक्तैनन् र सफलता प्राप्त गर्न पनि सजिलो हुन्छ।

सम्बन्धित् समाचार