प्रदेश ५ मा को नाम लुम्बिनी र बुद्धभूमीबारे बहस छ । राजधानीमा बुटवल र दाङमा विवाद छ । स्थायी राजधानी बुटवल नै बनाउने या दाङ तोक्ने विषयमा नेकपाभित्रै निर्णय हुन सकेको छैन । मतभेद र क्षेत्रीय राजनीतिको रुपमा राजधानी जोडिएपछि निर्णय हुन नसकेको हो । समितिका सदस्य रमा अर्यालले नाम र राजधानी तत्काल टुंगो लाग्न गाह्रो रहेको बताउनुभयो ।
कतिपय माननीयले बुटवल ठिकै त छ भन्नुभएको छ, अनि कतिपय अस्तित्वसँग जोड्दै पश्चिम (दाङ) लैजानैपर्छ भन्नेमा हुनुहुन्छ ।’ तर रायसुझाव लिन टोली जिल्ला जिल्ला जाने तयारी भैरहेको पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसले राजधानी नसार्न दबाब दिएको छ । ५ नम्बर प्रदेशको स्थायी राजधानी नै बुटवल हुनुपर्ने कांग्रेसको माग छ । प्रदेश पाँचको नाम लम्बिनी राख्न उपयुक्त हुने कांग्रेसको अडान छ ।