च्याउ स्वास्थयका लागी लाभदायक चिजका रुपमा लिइन्छ । तर बेला बेलामा समाचारहरु पनि आउने गर्दछन् जंगली च्याउको सेवनका करण कैयाँै नागरिकहरुले ज्यान गुमाउने गर्दछन् । अझ एकै परिवारका सदस्यहरु समेत च्याउको सेवनका कारण मृत्युको सिकार बन्न पुग्दछन् । तर अहिले विभिन्न प्रविधिको विकास सँगै नेपाली बजारमा व्यवसायीक रुपमा उत्पादन भएका विभिन्न जातका च्याउहरु बजारमा छन् । नेपाली उत्पादन भन्दा पनि भारतिय बजारहरुबाट नेपालमा आउने च्याउहरु अधिकाशं रुपमा आउने गरेको व्यापारिहरु बताउछन् । नेपाली बजारमा भारत मात्रै नभएर चीनीया च्याउहरु समेत केमिकल मिसावट सहित आउँछन र तिनै च्याउ नागरिकहरुले सेवन गर्दछन् ।
च्याउ खेति र नेपाली बजारमा च्याउको माग राम्रो भएको पाए सँगै अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका केहि वडाका नागरिकहरु व्यवसायीक च्याउ खेति तर्फ आकर्षित भएका छन् । विशेष गरी नगरपालिका भित्रका वडा नम्बर ९ र वडा नम्बर ७ का केहि स्थानियहरुले व्यावसायीक च्याउ खेती सुरु गरेका छन् । वडा नम्बर ९ को बर्दहवामा आधुनिक प्रविधिको प्रयोग गरी गोपाल बस्नेतले कपिल गंगा च्याउ फार्म संचालन गरेका छन् । उनले करिब पाँच लाखको आफ्नो एकल लगानिमा फार्म संचालन गरेको बताए । एक पटकको उत्पादन भएको च्याउ बजार सम्म पु¥याएका उनले अहिले चारवटा टहरामा नयाँ च्याउको उत्पादनका लागि सुरु गरेका छन् ।
च्याउ स्वास्थयका हिसाबले पनि लाभदायका भएका कारण र नेपाली बजारमा यसको माग पनि उत्तिकै राम्रो भएका कारण आफु यो व्यवसायमा लागेको सुनाए । कपिलगंगा च्याउ फार्म देखि नजिकैको दुरीमा अर्काे मञ्जुतारा कृर्षि समुहले पनि व्यावसायीक च्याउ खेती गरेको छ । पाँच जना स्थानिय कृर्षकहरु मिलेर सो समुहमा च्याउ उत्पादन र च्याउको बजारीकरणमा लागि परेका छन् । पाँच जना कृर्षकहरुको सामुहिक लागनिमा सुरु भएको सो फार्ममा पनि अहिले एक पटक उत्पादन भएको च्याउ विक्रि भईसको र दुईवटा टहरामा राखिएको करिब एकहजार डल्ला च्याउले बजार खाजिरहेको छ भने थप दुईवटा टहरामा नयाँ उत्पादनका लागि च्याउ राख्ने काम भईरहेको छ । समूहका एकजना सदस्य रमेश केसीले भने, नेपाली बजारमा चयाउ विक्रि गर्न कुनै समस्य छैन, तर कृर्षकहरुले उत्पादन गर्ने च्याउको बजारीकरण स्थानिय तहले गरे अझ सहज हुने थियो । अहिले सम्म स्थानिय तहबाट समेत आफुहरुले कुनै सहयोग नपाएको उनले बताए । कृर्षिका लागी सरकारले अर्बाै बजेट विनियोजन गरे पनि यसरी व्यावसायीक खेति प्रणालीमा लागीरहेका नेपाली युवा कृर्षकहरु समक्ष भने सरकारी अनुदान र सहयोग भने आकासको फल आखाँ तरी मर जस्तै बनेको छ । पटकपटक च्याउ उत्पादन स्थल सम्म नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु स्थलगत अवलोकनमा पुगे तर सहयोगका लागी खासै चासो नदिएको कृर्षकहरुले गुनासो गरेका छन् ।
यता वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाई स्थिति आदार्श पथमा पनि बिसजना महिलाहरुले आदर्श कृर्षि समुह गठन गरी च्याउ खती संचालन गरीरहेका छन् । नेपाली बजारमा च्याउको मग छ तर कपिलवस्तु जिल्लामा भन्दा बढि च्याउ रुपन्देहि, नवलपरासि लगाएतका अन्य जिल्लामा भएका कारण मागअनुसार च्याउ सो स्थान सम्म पु¥याउन कठिन भएको समुहकी अध्यक्ष कस्तुरा भुसालले बताइन ।
घर गृहणी सम्हालेका महिलाहरु देखि विदेश पलायन हुने उमेरका युवाहरु र पाका उमेरका पुरुषहरु जसरी वाणगंगा नगरपालिका भित्र व्यावसायीक च्याउ उत्पादनमा लागेका छन् सोहि अनुसार नगरपालिका र वडा तहबाट सहयोग नभएको व्यावसायीहरुको गुनासो छ । कुनै तालिम र दक्षता बिना व्यवसामा लगानि गरी समर्पित भएका किसानहरु नगरपालिकाबाट आवस्यक तालिम र च्याउ उत्पादनलाई मौसमी व्यवसाय भन्दा पनि सदाबहार व्यावसायका रुपमा अंगाल्ने उपायका बारेमा आवस्यक ज्ञानको अपेक्षा गरेका छन् । जाडो मौसम रहदाँ सम्म मात्रै सहज रुपमा उत्पादन हुने च्याउको साटो सदाबहार उत्पादन गर्ने अवधाराणा र ज्ञान अनि च्याउको सहज बजारीकरणमा स्थानिय तहको सक्रियता भए च्याउ खेती एक सम्भावनाको व्यवसायका रुपमा रहेको छ ।