नवलपरासीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नवलपरासीको चिसापानी जंगलमा हत्या गरि फालिएको अवस्थामा उनको शव फेला परेको हो । जिल्लाको वर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीको शव शनिवार दाउरा–घाँस गएका महिलाहरुले चिसापानी जङ्गलमा देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई आफ्नै श्रीमान् सुनिल चौधरीले हत्या गरेर जङ्गलमा फालेको निजले नै स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ ।
साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ । उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतिको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए । त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले बताए । उनले कसैले बलात्कार गरेर हत्या गरेको भन्ने पार्न र आफु बच्न श्रीमतीको भित्री बस्त्र फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको समेत स्वीकार गरेका छन् ।
बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ । महिलाको शव फेला परे लगत्तै प्रेमिकालाई सूचना दिँदै आफ्नै श्रीमानले हत्या गरेको त्यहाँको प्रहरीले पत्ता लगाएको छ ।