२१ औ शताब्दिमा पनि मानिसलाई पशु भन्दा निरिह तरिकाले जंजिरले पिल्लरमा बाधिएको सुन्दा र पढ्दा जो कोहि लाई पनि आश्चर्य लाग्छ । तर यो वास्तविकता हो कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीका एक युवा विगत १ वर्षदेखि घरमै पशु भन्दा निरिह जिवन जिउन बाध्य छन् । परापुर्वकालमा मानिसले ठुलो गल्ती गरे ठेडुल्कोमा हाल्ने प्रचलन रहेको थियो । पछि विस्तारै जेल जिवन हुदै देशमा लोकतान्त्रिक गणतन्त्रपछी सुधार गृहका नाममा रहेको जेलखाना का कैदी बन्धि लाई वरु सुविधा हुन्छ । तर विना गल्ती मानसिक असन्तुलन भएकै कारण ३० वर्षे टंक प्रसाद न्यौपाने ठेडुल्कामा बाधिएका छन् । काठको जीर्ण चौकी । त्यस माथी १२ ईन्च गोलाईको आधा÷आधा मिटर लामो काठ । काठ माथी १६ ईन्च गोलाईको एक मिटर लामो गरुङगो ठेडुल्को राखिएको छ । उत्तर–दक्षिण राखिएको ठेडुल्कोमा दुईटा फलामे करुवा (सिक्री) ठोकेर मजवुत बनाईएकोछ । त्यही करुवामा दुबै खुटा बाधेर राखिएका छन् ।
उनी एक वर्षदेखि फलामे सिक्रीमा बाधेर राखिएका छन् । मानसिक अवस्था ठिक नहुदा उनलाई बाधेर राख्नु परेको दुखेसो बाबु रुद्रप्रसाद न्यौपाने बताए । छोरा कसलाई बाधेर राख्न मन लाग्छ उनले भने, परिवार समाजलाई नै अप्ठयारो पार्न थालेपछि समस्या परेको हो । एक महिनादेखि उनले राम्ररी खाना खान छाडेकाछन् । दुब्लाएर हाड हड्डी देखिन थालेकोछ । मंगलवार विहान छोरालाई चम्चाले भात खुवाउन खोजे बाबु न्यौपानेले भने, चम्चा खोसेर दाहिने निधारमा क्वाप्प घोप्यो । रगतले लत्पतिए । पिडा भयो । धन्न आखाँमा लागेन उनले रुदै भने । थालका भात हुर्राईदियो ।
टंकप्रसादको ५ वर्षदेखि मानसिक सन्तुलन बिग्रिएकोछ । एक वर्ष यता उनले धेरै विठ्याई र दुःख दिन थालेपछि ठेडुल्कोमा खुटा बाधेर राखिएको हो । यसअघि दुबै हातमा सिक्रीले बाधेका थियौं । हातका सिक्री टुटालेर फुकालेर गाउलेलाई कुटपिट गर्ने र बस, जीपको सिसा फुटाल्दै हिड्ेर दुःख दिए । त्यसपछि हात र खुटामा पनि बाध्यौं आमा विष्णुले रुदै दुखेसो पोखिन तर पनि उपाय लागेन् ।सिक्री टुटाल्दै भाग्न थाल्यौं । गाउलेलाई गालीगलोज र कुटपिट गर्न थाल्यौं । गाउले गुनासो गर्दै घर आउन थाले । घरका लत्ताकपडा च्यात्दै फाल्न थाल्यो । बाकसको ताल्चा फुटालेर लत्ताकपडा फालेर बाकस कच्याककुचक बनायो । ८÷१० वटा त सिक्री टुटाल्यो । अति गरिव छौं उनले भनिन्, घरमा विजुली जोड्न सकेका छैनौं । खानलाउन समस्या छ । २ जनाले ज्याला मजदुरी गरि चुल्हो बल्छ । जेनतेन सानो एउटा सोलार प्यानल जडान गरेका थियौ । त्यो फलामे रडले हानेर फुटाई दियो आमा विष्णुले रुदै भनिन् । आफनो एक सरो कपडा पनि च्यातेको छ । च्यातेको कपडाले आधी शरिर बेरेर बसेको छ । घरका परिवारका पनि अधिकान्स कपडा च्यातेर बरण्डा भरि फालेकोछ उनले भनिन् । ओढने ओछयाउने कपडाको पनि उस्तै हाल छ । दाडबाट जेठाजु आएको बेला यस्को उपद्रो देखेर उहाले ठेडुल्कोमा अडयाएर राख्ने उपाय निकाल्नु भएको उनले बताईन् । ३० केजी बढी भएकाले खुटाले ठेडुल्को उचाल्लन सक्दैन् उनले भनिन्, कराउदै रुदै चौकीमा थन्किन्छ । हिडडुल गर्न नपाएपछि कपडा च्यात्ने, खानेकुरा फाल्ने र आफै बस्ने ठाँउमा दिशा पिसाब गर्ने गरेको छ । घरको परिवारलाई देख्यो की रिसाउछ उनले भनिन्, आजभोली दिशापिसाब सोहर्न पर्दा निक्कै दुःख दिएकोछ । निक्कै कष्टकर जीवनयापन गरिरहेकोछ । खान पनि खान्न, विरामी छ उनले भनिन् छोराको अवस्था देख्दा रातभरि निदाउन छोडेकी छु ।
३ कठ्टा खेत ६ लाखमा बेचे । नेपाल र भारतमा उपचार गर्दा सकियो । विसेक भएन् । हातमुख जोर्न समस्या हुदा थप उपचार गर्न सक्दिन् । छोराको उपचार गर्न पाए निक्कै खुसी हुन्थे । वार्ड कार्यालयले सहयोगको अपिल गर्दै एउटा सिफारिस बनाईदिएको छ ।
उनले भनिन्, त्यही देखाउदै गाउघरमा सहयोग उठाईदै आएकोछु । कसैले छोराको उपचार गरिदिए भगवान संझिन्छु उनले भनिन् । घरको अवस्था पनि लथालिंग छ । आगनभरि च्यातिएका कपडा फालिएका छन् । एक सरो बाहेक अर्को कपडा पनि छैन् । भित्र बाकस र भाडाकुडा कुच्चिएका छन् । सर समान यत्रतत्र फालिएका छन् । घरमा झयाल छैन् । टिनको टहरो छ । कष्टकर जीवनयापन छ । गाँउलेहरुको सहयोगले वडाको सहयोग कागज बनाएर करिव १० हजार जती उठेको छ । अव उपचार गर्न लाने विचार छ तर रकम प्रयाप्त छैन् डाक्टरले सन्चो हुने तर निरन्तर उपचार गर्नुपर्ने बताएका छन् । आमा विष्णुले भनिन् यस अगाडी यो अवस्था नहुदासम्म दिनरात अधिया गर्दा यहि छोराले जोत्थ्यो र आमा छोरा मिलेर रोपिथ्यो । बुढेसकालको साहरा यो अवस्था हुँदा परिवारमा बज्रपात परेको उनले भक्कानिदै भनिन् ।