गृहपृष्ठ खबर भवन भासिँदा भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

भवन भासिँदा भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

प्रकाशित मिति:

भारतको बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् । बुधाबार राती २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का रहेका छन् ।

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको बताइएको छ । ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित् समाचार