गृहपृष्ठ Featured अन्धबिश्वास र लापरबाईमा समय खर्चिदा सर्पले टोकेर ज्यान जानेको संख्या दैनिकरुपमा बढ्दो

अन्धबिश्वास र लापरबाईमा समय खर्चिदा सर्पले टोकेर ज्यान जानेको संख्या दैनिकरुपमा बढ्दो

प्रकाशित मिति:

गर्मी र बर्षायामसंगै सर्पदंशक बिरामीहरुको चाप बढेको बेला झारफुकको नाममा उपचारमा ढिलाई गरिदा बिरामीको अकालमा ज्यान जाने गरेको पाईएको छ । साउन महिनामा मात्र ८५ जना सर्पदंहका बिरामीहरु आएको र त्यस मध्ये झारफुकले गर्दा ४ जनाको ज्यान गएको सर्पदंश उपचा केन्द्र गोरुसिंगले जनाएको छ । उता जिल्लामा पछिल्ले ४ दिनमा मात्र जिल्लाका बिभिन्न स्थानमा एक बालक, महिला र पुरुष गरी ३ जनाले सर्पको टोकाईबाट अकालमा ज्यान गुमाएको सपंदंश उपचार केन्द्र गोरुसिंगेले जनाएको छ ।

साउन महिनामा मात्र सपंदंशका ८५ जना बिरामीहरु उपचारकालागि आएको केन्द्रका सचिव नबिन भण्डारीले बताए । जसमध्ये झारफुकको बिश्वासमा परी ढिलो गरी उपचारमा आउदा ४ जनको ज्यान गएको भण्डारीस्ले बताए । उता तौलिहवा अस्पतालमा समेत सपंदंशका बिरामीहरुको संख्या बढेको जनाएको छ । साउन महिनामा मात्र सर्पदंशक बिरामीहरु उपचारकालागि आएको तौलिहवा अस्पतालमा मेसु किशोर बन्जाडेले बताए । झारफुक लगायतका कारणले उपचारमा ढिलाई गरिदा बिरामीको ज्याना बचाउन समेत गाहो हुने गरेको उनले बताए । गत साउन पहिलो साता रोल्पाको लिवाङ नगरपालिका– १ बाट सर्पले टोकर उपचारकालासिग गोरुसिेंगे आएकी मिरा घतीले झारफुकको नाममा ढिालई हुदा झण्डै आफनो ज्यान गएको बताईन । ‘ सर्पले टाके पछि झारफुक र्मै अल्झिएकी थे, संचो भएन तत्कालै एम्बुलेम्सले गोरुसिंगे आए बल्लतल्ल ज्यान बच्यो ’ उनले भनिन । उनले झारफुकमा सयम ब्यतित गर्नु भन्दा तत्कालै उपचार केन्द्रमा बिरामीलाइए ल्याउनु पर्ने बताईन ।

झारफुकmले निको हुने अंशधबिश्वासका कारण सर्पदंशका विरामीहरु लापरवाहीकै कारण अकालमा ज्यान गुमाउने गरेको सर्पदंश उपचारमा संलग्न चिकित्सकहरु बताउछन । सर्पको टोकाईबाट बच्नकालागि सचेतना समेत नअपनाउने र टोके पछि लापरबाहीले गर्दा अधिकांसको ज्यान जाने गरेको उपचारमा संलग्न स्वास्थ्यकर्मी बताउछन् । बैशाख देखि भदौ महिना भित्र सर्प दंशका बिरामीहको बढी चाप हुने गर्दछ । त्यसमा पनि साउन र भदौमा झन धेरै सर्पले टोकेका बिरामीहरु आउने गरेको गोरुसिंगे सर्पदंश उपचार केन्द्रले जनाएको छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष निलकुमार श्रेष्ठका अनुसार सर्पले डसेपछि अधिकांश विरामीहरु झारफुक मा लाग्ने र वेवास्ता गर्ने गरेको बताए । ‘ विषालु किरा, सर्पले टोकेमा तत्काल नजिकैको स्वास्थ्य संस्था वा उपचार केन्द्रमा जादैनन् झारफुल र सामान्य घरेलु औषधी गर्दै बस्छन । ’ उनले भने ‘ ढिलो भएपछि बल्ल उपचार गर्न ल्याउछन, अनि कसरी बचाउने सकिन्छ । ’

मुख्यतः भुईमा सुतिरहेको बेला सर्पले बढि डस्ने गरेको उपचारमा आउने विरामीहरुको तथ्यांकले देखाएको छ । सर्पले टोकेका बिरामीहरुलाई जति सक्दो चाडो स्वास्थ्य केन्द्रमा लानु पर्ने मेसु बन्जाडेले बताए । अन्धबिश्वास, घरेलु उपचार लगायतका कारणले उपचारमा ढिलाई हुदा नै बिरामीहरुको ज्यान जाने गरेको उपचार उनले बताए । सर्तकता अपनाएमा सर्पदंशबाट बच्न सकिने केन्द्रका सचिव नविन भण्डारी बताउछन् । विशेषगरि भुईमा नसुत्ने, घरवरपर झाडी सफा गर्ने, झुल भित्र सुत्ने तथा घर भित्रका प्वाल टालेमा पनि सर्प दंशबाट बच्न सकिने उनले बताए । सर्पले डस्ने वित्तिकै तत्काल उपचार गर्नुपर्नेमा झारफुक र वेवास्ता गर्दा उपचारमा समस्या हुने गरेको उनको भनाई छ । ‘ तुरन्तै उपचार गरिए एउटा विरामीलाई २ वा ३ भाइल औषधीले पुग्छ तर ढिलो आए एक जनालाई नै ३० भाइल सम्म औषधी लाग्छ ।

’ उनले भने । सर्पदंश उपचारको लागि प्रयोग हुने एन्टी स्न्याक भ्यानम औषधी अभाव भएकै बेला एउटैलाई ८ जनाको उपचार हुने औषधी खर्च भई अभाव सिर्जना हुने गरेको चिकित्सकहरु बताउछन् । अर्घाखाँची, प्यूठान, दाङ्, रुपन्देही तथा कपिलवस्तुका सर्पदंश विरामीको उपचारकालगि आउने गरेका छन । कोबरा, व्ल्याक कोबरा ,करेत लगायतका विषालु सर्पको विगविगी छ ।

सम्बन्धित् समाचार