गृहपृष्ठ खबर कम्प्युटर एसोसियसन कपिलवस्तुको १२ औँ साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न

कम्प्युटर एसोसियसन कपिलवस्तुको १२ औँ साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु १३ भदौ 
कम्प्युटर एसोसियसन नेपाल कपिलवस्तु शाखाको १२ औँ साधारण सभा ५ औँ अधिवेशन आज बुद्दभुमि गोरुसिगेंमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुद्धभुमि नगरपालीकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरलाई प्रविधि मैत्री बनाउन सुरुवात गरेपनी कार्यान्वयनमा कठिनाई भएको बताउनुभएको छ । मोवाईल मेसेज मार्फत सुचना प्रवाह गर्न सुरुगरेपनी खासै मान्यता नदिएको गुनासो गर्दै सञ्चार माध्यमले जनमानसमा अभिमुखिकरणको भुमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । 

कार्यक्रममा गत वर्षको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै एसोसियसनका सचिव अर्जुन थापाले कपिलवस्तु जिल्लामा रगतको अभाव नहोस भन्ने उद्धेश्यले ब्लड फर कपिलवस्तु ऐप्सकोे डिजाईन भैरहेको जानकारी समेत गराउनुभएको छ । संस्थापक अध्यक्ष लक्ष्मण बेल्वासेले शुभकामना मन्तव्य राख्दै प्रविधिलाई जिविकोपार्जनसगं जोड्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा क्यान महासघं प्रदेश ५ का अध्यक्ष धु्रवराज शर्मा , बरिष्ठ उपाध्यक्ष नवराज कुवर, नेपाल पत्रकार महासघंका जिल्ला अध्यक्ष डिलाराम भुषाल लगायतले आ आफनो भनाई राख्नुभएको थियो । पेपरको प्रयोग घटाई प्रविधि प्रयोग बढाउने उद्धेश्यले कार्यक्रममा उपस्थित अथितिलाई इ मायाको चिनो मेल मार्फत वितरण गरिएको थियो ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित् समाचार