गृहपृष्ठ खबर अर्घाखाँची दुर्घटना अपडेट : नामावलीसहित मृतकको संख्या १८ पुग्यो

अर्घाखाँची दुर्घटना अपडेट : नामावलीसहित मृतकको संख्या १८ पुग्यो

अर्घाखाँची : अर्घाखाँचीको नरपानीनजिकै बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १४ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

मृत्यु हुनेमा १२ जना पुरुष ६ जना महिला रहेको अर्घाखाँची प्रहरी सूचना अधिकृत सुरेश सुवेदीले बताए। घाइते १४ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। अहिले रातको समय भएकाले उद्धारमा समस्या भएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

सम्बन्धित् समाचार