उमेश बि.क / नवलपरासी , ३० मंसिर /
एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासी द्वारा हस्ताक्षर संकलन अभियान कार्यक्रम सुरु गरिएको छ।
एसिडकाे खुलेअाम बिक्रीवितरणलाई नियमन गर्न नेपाल सरकारलाई अनुरोध तथा मानवअधिकारकाे हकहितका लागि मंसिर २४ गतेबाट हस्ताक्षर अभियान सुरु गरिएको थियाे।
हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपरासीको पवन मा. बि परासीमा साेमबार हस्ताक्षर संकलन कार्यक्रम गरिएको हाे।
एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे अायाेजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा पवन मा. बि का प्र.अ रिषि राम ढकालकाे प्रमुख अातिथ्यतामा अाज कार्यक्रम गरिएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै पवन मा. बि का प्र.अ ढकालले एम्नेष्टी इन्टरनेसनल समूह ३१ ले मानव अधिकारकाे हकहितकाे लागि काम गर्दै अाइरहेकाे संस्था भएको हुनाले नेपालमा एसिडकाे खुलेअाम बिक्रीवितरण भइरहेको कार्यलाई बिक्रीवितरण गर्न राेक्नका लागि गरेको कार्यकाे प्रशंसा ब्यक्त गर्दै हामी सबै मानव भइसके पछि मानव अधिकारका लागि लाग्नुपर्ने कुरामा जाेड दिनुभएको थियाे।
हस्ताक्षर संकलन अभियानकाे बिषयवस्तु बारे एम्नेष्टी इन्टरनेसनल समूह ३१ का निबर्तमान अध्यक्ष तथा जलवायु अभियान्ता बिजय कुमार जैसवालले प्रकास पार्नु भएको हाे।
कार्यक्रममा ५१० जनकाे हस्ताक्षर संकलन गरिएको संस्थाका अध्यक्ष सद्दाम हुसेन अन्सारीले जानकारी दिनुभएको छ।