गृहपृष्ठ खबर जनकल्याण सीप प्रशिक्षण केन्द्रद्वारा शितलहर सम्बन्धि सचेतना कार्यक्रम

जनकल्याण सीप प्रशिक्षण केन्द्रद्वारा शितलहर सम्बन्धि सचेतना कार्यक्रम

प्रकाशित मिति:

उमेश बि.क /नवलपरासी , ३ पुस /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अवस्थित बुद्धज्याेति प्रा.बि हात्तिवनमा १ दिने शितलहर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

जनकल्याण सीप प्रशिक्षण केन्द्रकाे अायाेजनामा शितलहर सम्बन्धि सचेतना कार्यक्रम सीप प्रशिक्षण केन्द्रका अध्यक्ष उमेश बि.क काे अध्यक्षतामा तथा बुद्धज्याेति प्रा.बि हात्तिवनका प्र.अ बिनाेद पाण्डेयकाे प्रमुख अातिथ्यतामा १ दिने शितलहर सम्बन्धि सचेतना कार्यक्रम अाज सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै बुद्धज्याेति प्रा.बि हात्तिवनका प्र.अ पाण्डेयले शितलहर वायुजन्य प्रकाेप हाे । याे बिशेष गरी केटाकेटी ,बुढाबुढी,सुत्केरी,गर्भवती,अशक्त, अपाङ्ग ,कमजोरस्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ। त्यसकारण शितलहर चल्नु अगाडि नै न्यानो कपडा,गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ , र घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ। साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक ,सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ भन्ने कुरामा जाेड दिनु भएको थियोे ।

साे सचेतना कार्यक्रममा बुद्धज्याेति प्रा.बि हात्तिवनकाकाे ४० जना बालबालिकाकाे सहभागीता रहेको थियो ।

सचेतना कार्यक्रमकाे प्रशिक्षण समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं. ५ सचिव उमेश कुमार बि.क ले गर्नु भएको थियोे ।

सम्बन्धित् समाचार