विजयनगर, २०७६ पुष ०३
राम प्रघट कोरी,
इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि नगरपालिकामा संस्थाले ल्याएको परिवर्तन अनुगमनको क्रममा प्रत्यक्ष रूपमा देखेको कार्यलाई खुलेर प्रसंशा गर्नु भयो ।
संस्था द्वारा संचालित कार्यक्रम आइ एम स्वडिस् , एल आइ टि र सि एस म्याप बुद्धभुमी र विजयनगर गाउँपालीकामा सञ्चालीत कार्यक्रमको लक्षित समुह अन्तर्गत छलफलमा उठेका समस्या,सुझाव र सवल पक्षको क्रिर्याकलाप आगामी कार्यक्रममा समेटेर लैजाने संस्थाका अध्यक्ष विष्णु पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो ।
संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले संस्थाको लक्ष्य, मुल्य मान्यता, मुख्य विषयगत कार्य क्षेत्र ,संरचना लाभान्वीत समुहहरुको बारेमा प्रष्ट पार्दै संस्थाले नयाँ कार्यक्रम सम्झौता गरिसकेकोले छिट्टै कपिलवस्तुको चारवटा पालीकामा संञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सेवा निकायका प्रमुख,दातृ निकायका प्रमुख, सेवा ग्राहि र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रमलाई गैर सरकारि संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले सहजीकरण गर्नुभएको थियो ।










