गृहपृष्ठ Featured एक वर्षमा २सय ५ घटना दर्ता ।।बालिका बलत्कार घटना सबै भन्दा बढी ।।

एक वर्षमा २सय ५ घटना दर्ता ।।बालिका बलत्कार घटना सबै भन्दा बढी ।।

प्रकाशित मिति:

कपिलवस्तुमा सन २०१९को जनबरी देखि डिसेम्बर सम्ममा कपिलवस्तुमा इन्सेकले २सय ५ घटना संकलन गरेकोमा बालीका बलत्कारका १३ घटना रहेको इन्सेकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द (्रइन्सेक)कपिलवस्तुले पुस २ गते जिल्ला सदरमुकाम तौलिहवामा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक सन २०२०को वार्षिक पुर्व समिक्षा सो कुरा सार्वजनिक गरिएको हो ।

सन २०१९को जनवरी देखि डिसेम्बर सम्मका घटेका मानवअधिकार उल्लघन तथा ज्याजतीका घटना संकलन गरि सरोकारवाला विच घटनाको विषयमा समिक्षा गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले एक वर्षको अवधीमा भएका मानवअधिकार हनन तथा ज्याजतीका घटनाका विषयमा प्रतिबेदन पेश गर्नु भएकोे थियो । यस वर्ष राज्य पक्षवाट एक जनाको गोलिहानी हत्या भएको, गैरराज्यपक्ष वाट वा अज्ञात समुहबाट २ जनाको हत्या भएको २ जनाको ब्यक्तिगत दुस्मनिवाट हत्या भएको र ४ घटनामा ४ जनाको परिवारको संलग्नतामा हत्या भएको जानकारी गराउनु भएको थियो । यस्तै एक महिलाको बलत्कार पछि हत्या भएको वार्षीक प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

यसै गरि यस वर्ष सबै भन्दा बढी १३ जना बालिकाको बलत्कार भएको ५ओटा घटनामा ५ जना महिला बलत्कृत भएको , एक जना महिला माथी यौनदुरब्यावहार भएको सो प्रतिबेदनमा उल्लेख गरिएको थियो । यस वर्ष आफ्नै वाबुवाट समेत बालिका बलत्कृत भएको उल्लेख गरिएको थियो । यसै गरि यस वर्ष मानव बेचविखनको २ घटना ,जातिय विभेदको एक घटना र गिरफ्तारीका ७ घटना गोलि प्रहारवाट २ जना घाइते ,कुटपिटका २ओटा घटना हुनुको साथै घरेलु हिंसाका १सय ६५ ओटा गरी जम्मा २सय ५ घटना संकलन गरिएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ लामिछाने इन्सेकले हरेक वर्ष पुस्तक प्रकासित गर्नु पुर्व समिक्षा गर्नाले पुस्तकमा समाबेश हुने घटना सत्यतथ्य र विश्वनियता हुने बताउनु भयो । इन्सेकले संकलन गरेका २सय बढी घटनाले जिल्लाको मानवअधिकारको अवस्था कस्तो रहेछ भन्ने कुरा स्पष्ट भएको बताउनु भयो । यस्तै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मनोज शैनिले जिल्लामा घटेका मानवअधिकार उल्लघन र ज्याजतिका घटना समेटिएको भन्दै राज्य पक्षवाट भएको हत्याको घटनामा भाषा मिलाउनु पर्ने शुझाव दिनु भयो । यस्तै निमित्त सरकारी वकिल रमेश पोखरेलले केहि घटना फलोअफ गर्नु प्रर्ने भन्दै सत्यतथ्य सुचना मात्र प्रकासित गर्न शुझाव दिनु भएको थियो । यस्तै डिएसपी शुनिल मल्लले अधिकासं घटना समेटिएको भन्दै फलोअफ गर्नु पर्ने घटनाहरु भए जिल्ला प्रहरीले पनि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा कपिलवस्तु अदालतका श्रेष्तेदार चिन्तामणी शर्मा , सशस्त्र प्रहरीका डिएसपी भुवन अर्याल, गैसस महासघका अध्यक्ष प्रविण श्रीवास्तव, जवाफदेही निगरानी समुहका संयोजक राम दयाल ठाकुर ,मानवअधिकार समुहका सदस्य पशुपतिमणी त्रिपाठी ,सुरेन्द्र लम्साल, कस्तुरी सिक्देल, पत्रकार महांसघका सदस्य मनिश कार्की लगाएतले शुझाव दिनु भएको थियो ।

कार्यक्रम मानवअधिकार निगरानी समुहकी अध्यक्ष पुस्पा रेग्मीको अध्यक्षता र इन्सेक सहजकर्ता नन्दराम पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार