२०७६ पौष ०५ गते ८ औ मुक्तक दिवस कार्यक्रमको अवसर पारेर मुक्तक मन्डप नेपाल ले बुटवलमा मुक्तक वाचन कार्यक्रम आयोजना गरेको छ ।
तिलोत्तमा साहित्य कला प्रतिस्ठानले ब्याबस्थापन गरेको उक्त कार्यक्रम तिलोत्तमा साहित्य कला प्रतिस्ठानका अध्यक्ष डा मुरारी पराजुली को अध्यक्षता र प्राज्ञ बुद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
करिब ४० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा वनमाली निराकार , दल बहादुर गुरुङ ,देवेन्द्र घिमेरे ,रेफिया सिरु छेत्री , यज्ञलाल सुवेदी , जयकिशन अधिकारी ,रुद्र ज्ञवाली , रमेश समर्थन ,दातानन्द चालिसे , ऋषि सापकोटा , ईश्वर ढकाल , डि पि पोखरेल ,कृष्ण गाउले ,मोहन मरासिनी , उद्दव देवकोटा , सन्जय घिमिरे ,माधव गौतम ,शोभाखर पाण्डे , तिर्थराज भन्डारी , गुरुप्रसाद कुमाल बुलबुल , दिवाकर पन्थी र माधब कुमार पौडेलले मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन तथा संचालन मुक्तक मण्डप नेपाल का सम्योजक बिष्णु विवश पोखरेलले गर्नुभएको थियो । मुक्तक मण्डप नेपालले सस्था स्थापनाको मितिलाई आधार मानी हरेक बर्ष पौष ०५ गतेलाई मुक्तक दिवशको रुपमा मनाउदै आएको छ ।