गृहपृष्ठ खबर तरुण दल र नेबिसघं कपिलवस्तुले फेरी बाढयो बाणगंगामा शैक्षिक सामाग्री

तरुण दल र नेबिसघं कपिलवस्तुले फेरी बाढयो बाणगंगामा शैक्षिक सामाग्री

नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलवस्तुले शैक्षिक समाग्री बितरण कार्यलाई निरनतरता दिएको छ । जिल्ला भित्रका करिव १ दर्जन बढि स्थानमा शैक्षिक सामाग्री बितरण गरी सकेको नेबिसघं र तरुण दलले शैक्षिक सामाग्री बितरण कार्यलाई निरन्तरता दिएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित गौरी भवानी मा.वि वाणगंगा ३ भक्तौलीका गरिव जेहेन्दार बिद्यार्थीका लागि शैक्षिक सामाग्री संगै बिद्यालयलाई जिन्सी सामाग्री हस्तान्तरण कार्यक्रम मगंलबार सकिएको छ ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले सामाजीक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको आमसमुदायमा रहेको वेला विद्यालय र विद्यार्थीको क्षेत्रमा अर्को पाईला चलाएको हो वाणगंगा नगरपालिकाको वडा नम्बर ३ मा रहेको सामुदायिक विद्यालयमा गौरी भवानीका शिशु कक्षा देखि कक्षा ५ सम्म अध्यन गर्ने विद्यार्थीलाई एक लाख पचार हजार बराबरको शैक्षिक सामाग्री विद्यार्थी तथा विद्यालयलाई हस्तान्तरण गरीएको हो ।


प्रमुख अतिथी जिल्ला समन्य समितीकी उप–प्रमुख तारावती चौधरीले नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अरुपार्टीका भातृ संगठन भन्दा पृथक रहेकोले यसले सरकारले गरिव जेहेन्दार विद्यार्थीले लगाउन नसक्ने घाउमा मलम लगाएर शिक्षको पहुच सबैमा हुनु पर्छ भन्ने धारण लिएर अगाढि बढेकोले यस्ता उदाहरणीय कामले बिभिन्न पार्टी भन्नेहरुका लागि र अगी पछि चर्का कुरा गर्ने गर्दै नगरेको कामलाई पनि हामीले गरेका हौ भन्नेलाई लज्जीत बनाएको बताउनु भयो ।

बिशिष्ट अतिथी नेपाल तरुणदलका जिल्ला अध्यक्ष शक्ति सिह ठकुरीले नेपाल तरुणदलले शैक्षिक क्षेत्रमा यस्ता काम धेरै गरेको र जिल्लामा अग्नी पिडित ,वाडि पिडित , घरवार बिहिनका लागि आवासको व्यवस्था समेत गर्दै गरिव दिन दुखीको दुख र सुखमा काम लाग्ने नेपाली कांग्रेसको भातृ संगठन वनाउनका लागि आफु लागि परेको बताउदै नेपाल तरुणदल र नेपाल बिद्यार्थी संघले कुरा होईन काम गरेर र गर्नका लागि मात्र आम जन समुदायमा आउने बताउनु भयो । यसै बिच नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले संघ संगठन भनेको समुदाय परिवर्तन गर्ने एउटा मजवुत पिलर रहेकोले यसलाई अझ बलियो वनाउनका लागि हामी सबैको दायित्व रहेकोले आफुलाई सबैले साथ दिदै आउनु भएकोमा सबै प्रति धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा सिदार्थ क्यापसका इकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता वडा नम्बर २ का वडा अध्यक्ष सन्तराम थारु नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष तुल्सीराम घिमिरे नेपाली कांग्रेस वडा नम्बर ३ का वडा सभापति खिमानन्द पाण्डे गौरी भवानी मा.वि.भक्तौलिका विद्यालय व्यवस्थान समिती अध्यक्ष इश्वरी खनाल विद्यालयका प्रध्याना ध्यापक गोपाल प्रसाद चौधरी नगर सदस्य तुल्सी पौडल तरुणदल जिल्ला सदस्य कृष्ण पराजुली पत्रकार गणेश पोख्रेल नेपाल विद्यार्थी संघ सिदार्थ क्यापसका इकाई उप–सभापति मिन थापा युवा नेता गुरुदेव पौडेल,नेपाल तरुण वाणगंगा नगर सचिव प्रविन पौडेल लगातको उपस्थीती रहेको रहेको कार्यक्रमको संचालन नेपाल विद्याथी संघका युवा नेता हरि ढुङ्गानाले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार