गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पसको क्यूएए यात्रा अगाडि बढ्दै , विश्व विद्यालय अनुदान आयोगको टोली क्याम्पसमा

सिद्धार्थ क्याम्पसको क्यूएए यात्रा अगाडि बढ्दै , विश्व विद्यालय अनुदान आयोगको टोली क्याम्पसमा

कपिलवस्तु । मङ्सिर । कपिलवस्तुको शैक्षिक धरोहर सिद्धार्थ क्याम्पस क्यूएए प्रक्रियामा गएपछि सबैको सरोकारको विषय बनेको छ । सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्ची कपिलवस्तुमा विश्व विद्यालय अनुदान आयोगको टोली सोमबार आएको छ । टोलीले क्याम्पसमा कक्षाकोठा अवलोकन , शिक्षक, विद्यार्थी , अभिभावक , कर्मचारी तथा पूर्व विद्यार्थीहरु सँग छुट्टाछुट्टै अन्तर्क्रिया तथा छलफल गरेको छ । बिहीबार विद्यार्थीको प्रतिभा देखाउने कार्यक्रम रहेको छ ।


अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर (क्यूएए) प्रकृयामा रहेको क्याम्पसलाई क्युएए प्रदान गर्ने शिलशिलामा अन्तिम चरणको भ्रमणमा टोली आएको हो । टोलीलाई क्याम्पसमा भब्य स्वागत गरिएको थियोे । यस परीक्षणमा क्याम्पस सफल भएमा ५ वर्षका लागि क्याम्पसले क्यूएए मान्यता प्राप्त गर्नेछ । उक्त मान्यता पाएपछि क्याम्पसमा स्वतन्त्र खालका कार्यक्रम तथा कोर्सहरु समेत सञ्चालन गर्न सकिनेछ ।

प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थी, प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिसहितको ५ जनाको टोलीलाई भव्य स्वागत गरिएको हो ।

क्याम्पस संचालक समिति, क्याम्पस प्रमुख, सम्पूर्ण प्राध्यापक, स्वतन्त्र विद्यार्थी यूनियन, भूतपूर्व विद्यार्थी यूनियन तथा बिभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधिले उहाँहरुलाई फूलमालाले स्वागत गर्नुभएको छ ।

सम्बन्धित् समाचार