काठमाडौं । पुस । काठमाडाैंकाे टोखामा पाँच वर्षीया बालिकाको झ्यालबाट खसेर मृत्यु भएको छ । ग्रीनल्याण्ड स्कुलमा अध्ययनरत टोखा नगरपालिका ६ की अनीषा पौडेलले आफ्नै कोठाको झ्यालबाट खसेर ज्यान गुमाएकी हुन् । आमा पवित्रा पौडेलसँगै बुधबार घर फर्केकी अनीषा आमा शौचालय गएको बेला झ्यालबाट खस्दा सुरक्षाका लागि पर्खालमा राखिएका चुच्चा रडका बारमा पुगेकी थिइन् ।

उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, टोखाका सई संजिप नापितले जानकारी दिए । चुच्चा रडमाथि खसेकी अनीषा जीवितै थिइन् । उनी निकै बेर रोइकराइ गरिरहेकी थिइन् । उनलाई सजिलो गरि निकाल्ने अवस्था नदेखेपछि प्रहरी र स्थानीयले रड काटेरै उनलाई अस्पताल पुर्याएका थिए । अनीषालाई अस्पताल पुर्याएको केहीबेरमै मृत घोषणा गरियो ।










