गृहपृष्ठ खबर पिपरामा शितलहर सम्बन्धि सचेतना कार्यक्रम

पिपरामा शितलहर सम्बन्धि सचेतना कार्यक्रम

 

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ पिपरामा १ दिने शितलहर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।शीतलहर र बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको कारण
सितलहरबाट बच्नकाे लागि जनकल्याण सीप प्रशिक्षण केन्द्रकाे अायाेजनामा शितलहर सम्बन्धि सचेतना कार्यक्रम गरिएको हाे ।

 

कार्यक्रममा शितलहर वायुजन्य प्रकाेप हाे । याे बिशेष गरी केटाकेटी ,बुढाबुढी,सुत्केरी,गर्भवती,अशक्त, अपाङ्ग ,कमजोर स्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ। त्यसकारण शितलहर चल्नु अगाडि नै न्यानो कपडा,गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ , र घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ। साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक ,सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउने तथा जुता चप्पल ,टाेपि, पन्चा, गल्बन्दि लगाउने ,माेजा र न्याने कपडा लगाउने ताताे पानी पिउनु बारे सचेतना गरिएको हाे।

 

साे सचेतना कार्यक्रममा पिपराका ४५ जनाकाे सहभागीता रहेको थियो ।सचेतना कार्यक्रमकाे प्रशिक्षण समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं. ५ सचिव उमेश कुमार बि.क ले गर्नु भएको थियोे ।

सम्बन्धित् समाचार