पर्यटन बर्ष २०२० लक्षित गर्दै जिल्लाकाे पहिलाे कार्यक्रम तथा माघि महाेत्सव मनरीमा मनाइने भएको छ।
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. २ मनरीमा अवस्थित जन्ता मा.बि मनरीकाे प्रांगणमा जिल्लाकै पहिलो पर्यटन बर्षकाे कार्यक्रम मनाइने तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ।
प्रदेश नं. ५ ,जिल्ला समन्वय समिति नवलपरासी र सरावल गाउँपालिकाकाे सहयाेग तथा श्रीराम युवा प्रतिष्ठानकाे अायाेजनामा कार्यक्रम गरिने मेला संयाेजक चक्रमणि चाैधरीले जानकारी दिनुभएको छ।
पौष महिनाको २९ गते र माघ १ गते दुई दिन सम्म आयोजना गरिने पर्यटन बर्ष २०२० बिशेष कार्यक्रम तथा माघी महोत्सवको तयारी स्वरुप विभिन्न समित तथा उपसमितिहरु गठान गरिएको छ। प्रदेश नं. ५ तथा नवलपरासी जिल्लाकाे सम्पुर्ण पर्यटकीय स्थलकाे पर्यटन प्रबर्द्वन र लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न १४ औँ खिचडी माघी महाेत्सव हुन लागेको मेला संयाेजक चाैधरीले बताउनुभएकाे छ।
पर्यटन प्रबर्द्वन, फुड फेस्टिबल तथा थारु कलाको संरक्षण गर्ने उद्देश्यले श्रीराम युवा प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त महोत्सवमा कलशयात्रा,थारुहरुका विभिन्न नृत्य प्रतियोगिताहरु जस्तै झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच, हस्तकला प्रदर्शन र खानाका परिकारहरुको स्टल,खुल्ला पुरुष भलिबल प्रतियोगिता,चिट्ठा कार्यक्रम, रक्तदान कार्यक्रम,थारु नाटक थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक श्रीराम युवा प्रतिष्ठानले जनाएको छ ।
भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल बनाउन सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अाग्रह गर्नुभएको छ।मेलालाई भब्य सभ्य रुपले मनाउने तयारी चलिरहेकाे छ । नवलपरासी तथा सरावल गाउँपालिका प्रर्यटन सम्भावना बाेकेकाे थुप्रै ठाउँहरु रहेको छन। अार्थिक उन्नति ,समृद्धि र बिकास प्रर्यटन संगै जाेडिदै अाएकाे कुरा भएकोले हामीले प्रर्यटन प्रबर्द्वनमा जाेड दिन जरुरी रहेको छ। सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्ममा भएको पर्यटकिय क्षेत्रकाे संरक्षण प्रबर्द्वनमा हामी सबै लाग्न जरुरी रहेकाे र भ्रमण वर्ष २०२० लाई तथा माघि महाेत्सवलाई सफल बनाउन सबैले सहयाेग गर्न आग्रह समेत गर्नुभएको छ।