गृहपृष्ठ खबर दोश्रो कञ्चन प्रतिभा सप्ताह माघ २ गते देखि शुरु हुदै

दोश्रो कञ्चन प्रतिभा सप्ताह माघ २ गते देखि शुरु हुदै

२४ पुष कञ्चन ।
बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यका साथ कञ्चन गाउपालिकाको आयोजनामा गत तिन बर्ष देखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताह यस बर्ष माघ २ गते देखि संचालन हुने भएको छ।

गत ३ बर्ष देखि शुरु गरिएको प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई बिधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिद्यालयका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइनेछ । प्रतिभा सप्ताहबाट बिद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई उजागर गरी बिद्यार्थीहरुमा आफु भित्र भएको प्रतिभा प्रति गौरव गर्ने र आफ्नो प्रतिभालाई अझ परिस्कृत गराउन मदत गर्ने बिश्वास गरिएको छ ।

हरेक बर्ष फरक फरक बिद्यालयहरुले फरक फरक दिनमा आफ्नो बिद्यालयको बार्षिक उत्सवको बेला आन्तरिक र बाह्यगरी बिभिन्न प्रतियोगिताहरु संचालन गर्दा बिद्यालयहरुको अध्यन अध्यापनमा बाधा पुग्दै आएको र हरेक बर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दा पनि बिद्यालयहरुको पढाइमा समस्या आएको र ती समस्याहरुलाई समाधान गर्न र बिद्यालय बिद्यालय बिचको मैत्रीपुर्ण सम्बन्धलाई बलियो बनाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न आउने केन्द्रको शसर्त बजेटमा गाँउपालिकाले आर्थिक ब्यवस्थापन गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संगै कञ्चन प्रतिभा सप्ताह संचालन गरेको कञ्चन गाँउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले बताउनु भएको छ ।

प्रतिभा सप्ताहले बिद्यालयहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको बिशेष पर्वको रुपमा मनाइने समेत अध्यक्ष क्षेत्रीको भनाई छ । शिक्षाको राष्ट्रिय उद्धेश्यहरु अन्तर्गत बिद्यार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रस्फुटन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्नको लागि प्रतिभा सप्ताह कार्यक्रम गर्न लागिएको कञ्चन गाँउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालले बताउनु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाई सफलरुपमा संचालन गर्नको लागि हरैया माध्यमिक बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माको संयोजकत्वमा ५ सदस्यिय मुल समिति गठन गरिएको छ भने मुल समितिमा कुमारी गहतराज, लेखनाथ पौडेल,जिवराज पौडेल सदस्य रहनुभएको छ भने शिक्षा शाखाका नारायण पौडेल सदस्य सचिव रहनुभएको छ ।

यस्तै मुल समितिको मातहतमा समन्वय गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाइ ब्यवस्थित, भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि फिल्ड ब्यवस्थापन उपसमितिमा रबिन्द्र सुवेदी संयोजक,मञ्च ब्यवस्थापन उपसमितिमा लेखनाथ पौडेल संयोजक, स्वयमसेवक परिचालन उपसमितिमा टिकाराज गिरी संयोजक, अतिथि सत्कारमा रेश्मा जोसी संयोजक, पुरस्कार तथा सम्मान पत्र ब्यवस्थापनमा पिताम्बर भट्टराई संयोजक, संचार तथा प्रचारमा ईश्वरी घिमिरे संयोजक, सांस्कृतिकमा शिवकला खनाल संयोजक, ¥याली ब्यवस्थापन तथा मार्च उपसमितिमा केशवप्रसाद सुबेदी संयोजक, साहित्य उपसमितिमा प्रकाश आचार्य संयोजक, खेलकुदमा भुवन कुमार गौतम संयोजक, प्राथमिक उपचारमा रामप्रसाद गौतम संयोजक र कार्यक्रम सचिवालय उपसमितिमा यमन भण्डारी संयोजक रहने गरी १२ वटा उपसमिति समेत गठन गरिएको संचार तथा प्रचार उपसमितिका संयोजक इश्वरी ज्ञवालीले जानकारी दिनुभएको हो ।

यो बर्षको प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वपुर्ण पर्वकै रुपमा लिएर भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि कञ्चनका शिक्षालयहरुसंगै कञ्चनका सामाजिक अगुवा, बुद्धिजिवी, राजनैतिज्ञ, खेलकुदप्रेमी तथा बिभिन्न संघसंस्थाहरु लगायत एकसाथ जुट्न समेत प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले आग्रह गर्नु भएको छ ।

प्रतियोगिता हिमालय सामुदायिक केन्द्रका् खेलमैदान कञ्चन–४,दियोमा हुनेभएको छ।  भने प्रतिभा सप्ताहमा साहित्यतर्फ बत्तृmत्वकला, चित्रकला, हिज्जे,निबन्ध लेखन, हस्तलेखन, कविता लेखन, हाजिरी जवाफ, बादबिवाद, हिसाबदौड र नेपाली तथा अंग्रेजी बाचन गरी ११ वटा बिद्यामा आधारभूत र माध्यमिक गरी २० इभेन्टस र खेलकुद तर्फ १ सय,२ सय, ४सय,८ सय, १५ सय र ३ हजार मिटर दौड,रिले दौड,लङजम्प,ट्रिपल जम्प,हाइजम्प,कबड्डी,भलिबल,ज्याभलिन थ्रो लगायत बिधामा आधारभूत र माध्यमिक तहका छात्र छात्र दुबै समूह गरी ४० भन्दा बढीमा प्रतिस्पर्धा हुने जनाईएको छ ।

सम्बन्धित् समाचार