पुस २६,सल्यान
मालबाहक ट्रक दुर्घटना हुँदा सल्यानमा एक जनाको मृ’त्यु भएको छ । मृ’तक ट्रक चालक सुर्खेत भेरिगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन विक रहेको प्रहरीले बताएको छ ।
सल्लीबजार चौरजाहरी सडक खण्डमा नेपालगन्ज देखि चौरजाहारीका लागि छुटेको ना ४ ख ८८७० नम्बरको मालबाहक ट्रक बनगाड कुपिण्डे नगरपालिका वडा न ४ कोलखोला भाटमारे नजिकै दुर्घटना भएको बताइएको छ । ट्रक सडक बाट १ सय मिटर तल खोलामा खसेको छ ।
निर्मानधिन चौरजाहारी मेलैनाउली पक्की पुलको सेटिङ्गको सामान लिएर चौरजहारि तर्फ जाँदै गर्दा ट्रक दुर्घटना भएको ईप्रका सल्लीबजारले जनाएको छ ।










