प्रदेशसभा ३ मा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने प्रस्तावको पक्षमा १०५ मत मात्र परेको छ ।
त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।