गृहपृष्ठ खबर कपिलवस्तुको चन्द्रौटामा शुरू भयो २५ रूपैयाँमै पेटभरि खाना खुवाउने अभियान

कपिलवस्तुको चन्द्रौटामा शुरू भयो २५ रूपैयाँमै पेटभरि खाना खुवाउने अभियान

प्रकाशित मिति:

केहि समय पहिले पुर्वी नेपालका विभिन्न जिल्लाहरू बाट शुरू भएको थोरै रकममा खाना खुवाउने अभियान कपिलवस्तुको चन्द्रौटा सम्म आइपुगेको छ ।

महाकाल सामाजिक बिकास संस्था द्वारा साप्ताहिक रूपमा प्रत्येक मंगलबार बिपन्नबर्गलाइ मध्य नजर गरी कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा २५ रूपैयाँमा पेटभरि खाना खुवाउने अभियानको शुरूवात गरेको छ ।

स्थानीय सहयोगदाता एवम् महाकाल सामाजिक विकास संस्थाका सदस्यहरूको सक्रियतामा उक्त अभियानको आज एक कार्यक्रममा बिच शुभारम्भ गरिएको हो ।

हाल लाई साप्ताहिक रूपमा खाना खुवाउने अभियान संचालन गरिएको र निकट भबिस्यमा सरकारी , गैरसरकारी संस्थाहरू संग सहकार्य गरि दैनिक रूपमा उक्त अभियान संचालन गरिने महाकाल सामाजिक बिकास संस्थाका सचिब जितेन्द्र मौर्याले वैखरी अनलाइन लाई जानकारी दिएका छन् ।

बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म चन्द्रौटा बजारमा संचालन गरिएको खाना खुवाउने अभियानमा आज करिब चार सय जनाले खाना खाएको आयोजकले बताएको छ ।

सम्बन्धित् समाचार