माघ ९
सुनवल नगरपालिका वडा नम्बर १३ सन्तपुरको भित्री सडक खण्डमा गएराति सवारी साधन दुर्घटना हुदा २ जना घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३३ प ५२७० नम्बरको मोटर साइकल र बिपरीत दिशाबाट जादै गरेको लु १९ प १२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुइ जना घाइते भएका हुन ।
घाइते हुनेमा सुनवल १३ सन्तपुर बस्ने ४१ बर्षिय भरत ठाकुर र सुनवल १३ पर्साहा बस्ने २३ बर्षिय नरेन्द्र चौधरी रहेका छन । घाइते दुबै जनाको बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै गरी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० लण्डन ब्रिजमा बुधबार दिउसो सवारी साधन दुर्घटना हुदा दुइ जना घाइते भएका छन । पुर्व बाट पश्चिम तर्फ आउदै गरेको लु ५२ प ५०११ नम्बरको मोटरसाइकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ५८ प ३९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन । घाइते हुनेमा मोटर साइकल चालक रुपन्देहि सियारी गाउपालिका वडा नम्बर ९ बस्ने सोहित कुमार रौनियार र कावासोती तीन बस्ने दिल बहादुर आले रहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाइते आले र रौनियार चिसापानी अस्पतालमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।