गृहपृष्ठ खबर चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

प्रकाशित मिति:

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सुनवलबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका ३ किर्तिपुर बस्ने अन्दाजी २० वर्षीय महादेव पुन रहेका छन्।

प्रहरीका अनुसार गत मंगलबार राति साढे ११ बजेको समयमा सुनवल नगरपालिका तीन किर्तीपुरको भित्री सडक खण्डमा ग १२ प ३६४० नम्बरको मोटरसाइकलमा सवार मोटरसाइकल चालक कास्की जिल्ला पोखरा महानगरपालिका १ बगर बस्ने २४ बर्षिय जगदिश गुरुङ्ग र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २३ बर्षिय संजोग गुरुङ्ग लाई पुनले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
चक्कु प्रहारबाट घाइते जगदिश गुरुङ्गको उपचारको क्रममा हिजो बुधबार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । भने संजोग गुरुङ्ग उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

 

सुनवल ३ किर्तिपुरमा घुम्न आएका ति दुई युवा र पुन बिच सामान्य बिवाद भए पछि पुनले चक्कु प्रहार गरेका थिए ।
घटना पश्चात फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय सुनवलको टोलीले खोजी गर्ने क्रममा बुधबार उनको घर नजिकैबाट नियन्त्रणमा लिएको छ । घाइतेमध्ये जगदिश गुरुङ्गको मृत्यु भएपछि पुन माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र
थापाले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार