गृहपृष्ठ खबर आर एन्स स्टाइलको आयोजनामा सुपर किड्स एन टिन्स कपिलवस्तु हुने

आर एन्स स्टाइलको आयोजनामा सुपर किड्स एन टिन्स कपिलवस्तु हुने

प्रकाशित मिति:

आर एन्स स्टाइल कपिलवस्तुको आयोजनामा सुपर किड्स एन टिन्स कपिलवस्तु हुने भएको छ । सुपर किड्स एन टिन्स कपिलवस्तु कार्यक्रमको लागि आर एन्स स्टाइलले यही माघ २ गतेदेखि जितपुरमा विभिन्न तालिमहरु संचालन गरेको छ । प्रस्नालिटी डेभलवमेन्ट, कमनिकेसन स्कील एन्ड फेसन प्यााराडो, ओल्ड केयर सेन्टर, हस्पिटालिटी, जुम्बा क्लास, मोटिभेसन क्लास, लिडरसिप प्रोग्राम, स्टेज प्रोग्राम, इन्डोर एण्ड आउटडोर फोटो सुट प्रोग्राम लगायतका तालिमहरु २० देखि २५ दिनसम्म दिइने संस्थाले जनाएको छ ।

विभिन्न अडिसनबाट छानिएर आएपछि १२ जनाले तालिम लिएका छन् । तालिम लिएका मध्येबाट एक जनाले सुपर किड्स एन टिन्स कपिलवस्तुको उपाधि प्राप्त गर्ने छ । उपाधि प्राप्त गर्नेलाई १ वर्ष सम्म आर एन्स स्टाइलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी गराउने आयोजकले बताएको छ ।

सम्बन्धित् समाचार