गृहपृष्ठ खबर सिद्धिपुरमा सम्राट होटल तथा रेष्टुरेण्ट उद्घाटन

सिद्धिपुरमा सम्राट होटल तथा रेष्टुरेण्ट उद्घाटन

पछिल्लो समय वैदशिक रोजगार भन्दा आफ्नै व्यवसाय सञ्चालन गर्ने युवाहरुमा वृद्धि भएको छ । सोहि क्रममा कपिलवस्तुमा पनि आज एक होटल व्यवसाय सञ्चालनमा आएको छ । वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तका युवा राजु आचार्यले चार नम्बर जितपुर शिद्धिपुरमा सम्राट होटल तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् ।

वडा नं. ४ का वडाअध्यक्ष गणेश क्षेत्रीले होटलको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडाअध्यक्ष क्षेत्रीले युवाहरु व्यवसायतर्फ आकर्षित हुँदै जानु सकारात्मक पक्ष रहेको बताए । उनले व्यवसायको सफलताको शुभकामना व्यक्त गरे । सिद्धिपुर टोल विकास समितिका सचिव दिनेश क्षेत्रीले युवाहरुले नै देश विकास गर्ने भन्दै सबैको प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिए । उद्घाटन कार्यक्रममा तरुणदलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघ क्षेत्र नं. १ का सभापति चन्द्रकान्त पोख्रेल, तरुणदल क्षेत्र नं. १ सभापति तिलक थापा, प्रविन पौडेल,हरि ढुङ्गाना लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार