माघ १९ सैनामैना ।
बुटवलकी चादनी बन्जाडेले रोटरी युथ लिडरशिप अर्वाड (राएला) लुम्बिनी –२०२० को अर्वाड जितेकी छन् । प्रदेश नं ५ का १२ जिल्लाका विभिन्न विद्यालयबाट सहभागी मध्ये लुम्बिनी समुहका अरपित न्यौपाने,समुह रानिमहलकी ओजश्वी शर्मा,समुह देवदहकी अन्जना अर्याल,समुह जितगढीकी बर्षा न्यौपानेलाई फाइनलमा पछि पार्दै समुह तिलौराकोटकी चादनीले बेस्ट राएलारियन अवार्ड जित्न सफल भएकी हुन् ।
बुटवल ४ लक्ष्मीनगर निवासी दिप बोडिङ्गमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बन्जाडेले अर्वाड सँगै प्रमाण पत्र प्राप्त गरेकी छन् । बन्जाडेलाई सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, रोटरी डिष्ट्रिक्टका नोमिनी प्रेसिडेन्ट सन्तोष रिजाल,रोटरी सैनामैनाका प्रेसिडेन्ट प्रेम कुमार शर्मा सागरले अवार्ड प्रदान गर्नुभयो । उनले शनिबार भएको टयालेन्ट हन्ट प्रतियोगितामा पनि बेस्ट स्माइलबाट पुरस्कृत भएकी थिइन् । बन्जाडे इन्ट्रयाक्ट दिपको इन्टरनेशनल सर्भिस डाइरेक्टर समेत हुन् ।
समुह लुम्बिनीका १४ बर्षीय अरपित न्यौपाने उपविजेता बन्न सफल भए । एम्स बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत न्यौपाने इन्ट्रयाक्ट एम्सका इलेक्ट प्रेसिडेन्ट हुन् । रुपन्देहीको सैनामैना नगरपालिका रामापुरस्थित श्री सिद्धार्थ मेमोरियल एकेडेमी स्कूलमा आइतबार भएको समापन समारोहमा ५७ जना राएला लुम्बिनी २०२० बाट दिक्षित समेत भएका छन् ।
कार्यक्रममा उत्कृष्ट कलचर डे्रसको उपाधि प्रथना थान्जु र सन्जु मिश्रले प्राप्त गरेको आयोजकले जानकारी दिएका छन् । यसैगरी विभिन्न समुहहरुलाई उत्कृष्ट विद्यामा पुरस्कृत समेत गरिएको छ । जसमा मस्ट भ्यालुएबल समुह तिलौराकोट, मस्ट भर्सटाइल समुह रानिमहल,मस्ट डिस्पिलन समुह देवदह,मस्ट पार्टी्सिपेटेड समुह जितगढी,मस्ट क्रिएटिभ समुह लुम्बिनी बन्न सफल भएको रोटरी सैनामैनाका अध्यक्ष एवम् राएला लुम्बिनीका सहसंयोजक प्रेम कुमार शर्माले जानकारी दिनुभयो । १३ बर्षभन्दा माथि र १८ बर्षसम्मका विभिन्न जिल्लाका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले रोटरीले चलाएको राएला कार्यक्रमले युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहुनभएका कार्कीले समाजको विकासका लागि सामाजिक संघ संस्थाहरुको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।
विशिष्ठ अतिथि रोटरी डिस्ट्रीकका नोमिनी प्रेसिडेन्ट सन्तोष रिजालले सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिमहरु उपलब्धिमुलक हुने बताउनुभयो । उहाले युवालाई समाजप्रतिको दायित्वका बारेमा आगामी दिनमा पनि अझ प्रभावकारी ढंगबाट विभिन्न तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जोन १९ का एसिसटेन्ट गभर्नर एजाज आलम, डिस्ट्रीक इन्ट्रयाक्टकी सिर्जु मगाजुले बोल्दै राएलामा सहभागी मात्र नभई सिकेको कुरालाई व्यवहारमा परिणत गर्नु महत्वपुर्ण बिषय भएको उल्लेख गर्नुभयो । साथै कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गरेकोमा आयोजक प्रति धन्यवाद व्यक्त गर्नुभयो । रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट तथा राएला कार्यक्रमका संयोजक डिल्ली कुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै युवाहरुलाई सामाजिक दायित्व र नेतृत्व विकास गराउन सबै रोटरी क्लवहरु लाग्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीको स्वागत, राएला सचिव कृष्ण प्रसाद पराजुलीको संचालन तथा बुटवल बहुमुखी क्याम्पसका सहप्रध्यापक राजेन्द्र बहादुर जीसीको सहजीकरणमा सम्पन्न भएको हो ।
समापनको पुर्वसन्ध्यामा आइतबार बिहान बाजागाँजा सहित इन्ड पोलियो र्याली निकाएिको थियो । रामापुर सिद्धार्थ स्कुलदेखी सुरुभएको र्याली कलौनी शहिद नारायण पोखरेल बहुमुुखी क्याम्पसमा आई पुन ः स्कुलमा पुगी कोणसभामा परिण भएको थियो । र्यालीमा पोलियो उन्मुलन रोटरीको अभियान,किक पोलियो आउट अफ वल्र्ड,आइ वान्ट टु इन्ड पोलियो जोइन मि लगायतका प्लेकार्ड सहित र्यालीमा रोटरी,रोट्रयाक्ट,इन्ट्रयाक्ट र राएलिएनहरु सहभागि भएका थिए ।
रोटरी डिस्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रहेका रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सैनामैनाले कार्यक्रमको आयोजना गरेका हुन् । माघ १७ गतेदेखी संचालन भएको ४ दिने राएला लुम्बिनीमा विभिन्न रोटरी,रोट्रयाक्ट,इन्ट्रयाक्ट क्लवका अध्यक्ष सचिवहरु सँगै अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।