गृहपृष्ठ Featured युवाहरुको सोचले समाजमा सकारात्मक कामको शुरूवात भएको संकेत

युवाहरुको सोचले समाजमा सकारात्मक कामको शुरूवात भएको संकेत

प्रकाशित मिति:

समुदायलाई परिवर्तन गर्न सबै भन्दा पहिला आफै नै परिवर्तन हुन आवश्यक रहेको जिल्ला समन्य समितीका उपप्रमुख तारावती चौधरीले बताएकी  छन् । वाणगंगा बहुमुखि क्याम्पसका विद्यार्थी, नेपाल विद्यार्थी संघ कपिलवस्तुका नेता टिआर पाण्डेको जन्मोत्सवका अवसरमा श्री गौरी भवानी मावि बाणगंगा ३ भक्तौली कपिलवस्तु विद्यालयमा विद्यार्थीहरुका लागि भाग्य बोक्ने झोला वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकि हुन ।

विद्यार्थी भएर पनि विद्यार्थीलाई सहयोग गरेको देख्दा खुसि व्यक्त गदै चौधरीले समाजको लागि सरानिय काम र राम्रो सन्देश भएको प्रसंशा गरिन । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारले पाण्डेको जन्मोत्सवले शैक्षिक क्षेत्रमा गरिव विपन्न परीवारलाई धेरै राहत मिलेको बताउको छन् । जन्मोत्सव मनाउदा पाटी प्यालेस भन्दा सामाजिक विकासमा क्षेत्रमा खर्च गर्ने हो भने जिवन्त  रहने बताए ।
भविष्यका कर्णधार बालबालिका संग दुखसुख बाढ्न पाउदा पाण्डेले  जन्म दिनको भन्दा पनि विद्यार्थीको खुसिले आफुला थप हौसला मिल्ने तर्क प्रस्तुत गरे ।

तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेपाली काङग्रेसका क्षेत्रिय सचिव प्रेम नारण पौडेल, तरुण दल सैनामैनाका नगर कोषाध्यक्ष खेमराज पोख्रेल, श्री गौरी भवानी माविका प्रध्यानध्यापक गोपाल प्रसाद चौधरीले पाण्डेलाई जन्मोत्सव अबसरमा शुभकामना दिदै व्यक्तिले बोलेर भन्दा पनि अब काम गरेर देखाउने सके समाज रुपान्तरण वक्ताहरुले बताए ।

नेविसंघ सिद्धार्थ क्याम्पस एकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षता, नेपाल तरुण दल क्षेत्र नम्वर १ का सचिव गोविन्द आर्चायको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नेविसंघ सिद्धार्थ क्याम्पस स्ववियु सदस्य हरि ढुङगानाले गरेका थिए ।

टिआर पाण्डेको आयोजना, नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ को सहयोमा भएको कार्यक्रमा नेविसंघ क्षेत्र नं १ का सभापति चन्द्रकान्त पोख्रेल, क्षेत्रिय सभापति तिलक थापा, रुक बहादुर भुषाल, तरुणदल जिल्ला सदस्य कृष्ण पराजुली लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला तिरण गरिएको थियो ।

यस्तै पाण्डेले जन्म दिनको अबसरमा आफैले अक्षरारम्भ गरको जनसेवा आधारभूत विद्यालयमा अध्ययन गर्ने १ सय विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरि जन्म दिन मनाएका छन् । पाण्डेले विगत चार वर्ष देखि आप्mनो जन्मदिन समुदायका विभिन्न क्षेत्रमा योगदान पुग्ने गरी मनाउदै आएका हुन । सोही अनुसार आप्mनो २४ औँ जन्मदिनको कार्यक्रम आफुले अक्षर सिकेको विद्यालय र सोही विद्यालयका वालवालिकाहरुको साथमा मनाएको बताए ।

पाण्डेको जन्मदिनको अवसरमा विद्यालयमा आयोजित भाग्य बोक्ने झोला वितरण कार्यक्रममा पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्यायले पछिल्लो समय युवायुवतीहरु सामाजिक दुरुत्साहन र लागुऔषधको  दुर्व्यासनीमा फसिरहेको   अवस्थामा तिलक पाण्डे जस्ता युवाहरुको सोचले समाजमा सकारात्मक कामको सरुवातको संकेत पनि गर्न थालेको बताए । उहाँले २४ वर्षको युवाले सामाजिक दायित्वबोधको भावना विकास गर्नुले  समाजको विकास र हितका लागि खर्च गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको भन्दै जन्मदिनको शुभकामना दिए ।

सम्बन्धित् समाचार