गृहपृष्ठ खबर पकडीमा अस्थाई ट्राफिक प्रहरी बिट

पकडीमा अस्थाई ट्राफिक प्रहरी बिट

धीरज कोरी
कपिलवस्तु । २८ माघ
मायादेवी गाउँपालिका वडा नं. १ पकडी चोकमा ट्राफिक प्रहरी बिटको स्थापना भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो बिट निर्माण गरेको हो ।

पकडी चोक हुदै ओहर दोहोर गर्ने यात्रु, सवारीसाधन स्थानिय सर्वसाधारण तथा ब्यापारीलाई प्रत्यक्ष सुबिधा हुने भएकाले निर्माण गरिएको छ । बैंकले २ थान रोड ब्लकर, १ थान बेन्च र १ थान कुर्चि समेत गरि कुल उन्चालिस हजार पॉच सय बराबरको सहयोग गर्दै बिट निर्माण गरेको छ । मंगलबार पकडी चोकमा रहेको उक्त ट्राफिक प्रहरी बिटमा बैंकद्वारा एक कार्यक्रम अयोजना गरि हस्तान्तरण गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थि, वार्ड नं. १ का अध्यक्ष हरिगोबिन्द चौधरी, इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज गणेश सुबेदी, पकडी बजार ब्यबस्थापन समिति अध्यक्ष प्रमात्मा बानिया, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत शाखा प्रबन्धक दिपेश्वर अर्यालले उक्त बिट हस्तान्तरण गर्दै निकट भबिष्य चाकरचौडा स्थित सिमा सुरक्षा प्रहरी बिटमा समेत यस्तै किसिमको कार्य गर्न पहल गरिने बताउनुभयो ।

सम्बन्धित् समाचार