गृहपृष्ठ खबर निजि प्राबिधिक शिक्षालय महासंघको प्रदेश अध्यक्षमा कपिलवस्तुका पाण्डे

निजि प्राबिधिक शिक्षालय महासंघको प्रदेश अध्यक्षमा कपिलवस्तुका पाण्डे

    

निजि प्राबिधिक शिक्षालय महासंघको प्रदेश अध्यक्षमा पाण्डे

 निजी प्राविधिक शिक्षालय महासघ प्रदेश नं. ५ को अध्यक्षमा कपिलवस्तुका अरुण कुमार पाण्डेलाई चयन गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा त्रिलोचन पौडेल, सचिबमा दोर्णबहादुर ओली, कोषाध्यक्षमा खिमबहादुर पार्देलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा अमर डाँगी, राकेश कुमार मिश्र, रणबहादुर थापा, किशोर पाण्डे, रत्नकुमार चन्दलाई चयन गरिएको छ ।

त्यस अवसरमा सिटिईभिटी प्रदेश नं. ५ का उपनिर्देशक यादव सुवेदीले प्राबिधिक शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए । कार्यक्रममा धर्मराज गिरी, राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरका निर्देशक जीवन भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुधाकर मिश्रले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, सहजीकरण सचिब दोर्णप्रसाद भुषालले गरेका थिए ।

सम्बन्धित् समाचार