कपिलवस्तुको वाणगंगा ८ चप्परगाउँमा कार र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने वाणगंगा ८ निवासी राजु थारु रहेको खुल्न आएको छ । दुर्घटना हुने कार बा १४ च ५७५१ नम्वरको रहेको र मोटरसाइकलको नम्वर भने खुलेको छैन् । गम्भीर घाइते थारुलाई उपचारका लागी कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको भएता पनि उपचार सम्भव नभएपछि थप उपचारका बुटवल रिफर गरीएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसान्धन भईरहेको र थप विवरण पनि आउन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
गम्भीर घाइते थारुलाई उपचारका लागी कपिलवस्तु सामुदायिक अस्पतालमा लगिएको भएता पनि उपचार सम्भव नभएपछि थप उपचारका बुटवल रिफर गरीएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसान्धन भईरहेको र थप विवरण पनि आउन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।