कपिलवस्तु- विगत केही वर्षयता नेपालको पत्रकारिता क्षेत्रमा महिलाको आकर्षण बढिरहेको छ । विभिन्न जिल्लामा खुलेका एफएम स्टेसनदेखि लिएर टेलिभिजन, पत्रपत्रिका हुँदै अनलाइन मिडियामा समेत महिला पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । एकातिर प्रवेश बढ्दो छ भने अर्को्ितर पत्रकारिता क्षेत्रमा महिलाका समस्या तथा चुनौतीबारे पनि त्यत्तिकै चर्चा–परिचर्चा हुने गर्छ । घरको सीमित दायरामा रहेर पारिवारिक भूमिका निर्वाह गर्दै आएको पृष्ठभूमि बोकेका नेपाली महिलाले बाहिरी संसारमा उभिएर व्यावसायिक बन्न खोज्नु आफँमा चुनौतीपूर्ण कार्य हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको जानकारीमा रहेका २८ वटा सञ्चार माध्यमहरु रहेकोमा अहिले सम्म ३ जना महिला स्टेशन म्यानेजर र १ जना पत्रिकाको सम्पादक रहनु भएको छ ।
जिल्लाका धेरै मिडिया हाउसहरुमा महिलाहरुलाई बजार प्रतिनिधिका रुपमा राख्ने गरेको देख्न सकिनछ । पत्रकारीता क्षेत्रमा पनि महिला सहभागिता उस्तै देख्न सकिन्छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवसतुको कार्यसमिति १९ जनाको रहे पनि महिलाको सहभागिता भने कार्यसमितिमा ४ जना रहेको छ । साधारण सदस्य संख्या ११४ रहेकोमा महिला भने १९जना रहेका छन । महिला भन्नेबित्तिकै ऊ कमजोर हुन्छे, आत्मविश्वास हुँदैन, राम्रो काम गर्न सक्दिनन् भन्ने मानसिकताले सिकार छ– पत्रकारिता क्षेत्र । महिलामा जति नै गुण भए पनि, महिला भएकै आधारमा उसलाई पत्याउँदैनन् । पत्रकारीता क्षेत्रमा कहिले महिला पत्रकारहरु गनिने हुन भन्ने कुरामै चुनौति रहेको छ । महिला पत्रकारहरुले काम त गर्ने तर नाम भने नपाउने अवस्था रहेको छ । महिला पत्रकारिता क्षेत्रमा पत्रकारबाटै अपहेलित हुनुपर्ने अवस्था अझैसम्म पनि कायमै रहेको सञ्चारीका समुह जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष सोना खटिक बताउनुहुन्छ । स्था
ad
नीय स्तरमा खोलिएका मिडियामा कपिलबस्तुमा पनि महिला पत्रकाहरुको सङ्ख्या बृद्धि हुदै गएकोछ । जति अवस्थामा संख्या बढदो भए पनि अझै पनि महिला पत्रकारहरुले भने अनुरुपको पारिश्रमिक पाउन सकेका छैनन् । कतिपय मिडियाहरुले महिला पत्रकारहरुलाई राम्रौ रुपले पारिश्रमिक दिएका छन भनि कति ले दिन नसकेको अवस्था छ । उचित पारिश्रमिक नपाउनाले पनि महिला पत्रकारहरुले पत्रकारिता छोडनु परेको नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखाका उपाध्यक्ष पार्वती पाण्डेको भनाइ छ । एउटी पत्रकार महिला मात्र हुँदिनन् । कसैकी छोरी, कसैकी बुहारी, आमा, श्रीमती हुन्छिन् । त्यही अनुसारका जिम्मेवारी निर्वाह गर्दै पत्रकारितालाई निखार्ने काम सहज पक्कै भइदिँदैन । बिवाहपछि व्यवहारिकताले आफुलाई फरक देखाउने हुँदा सासुससुरा र श्रीमानको चित्त बुझाएर हिडनु पर्ने अवस्था छ । बिवाह नहुँदाको पत्रकारिता र बिवाहपछिको पत्रकारितामा धेरै अन्तर पाएको अनुभव पत्रकार कोपिला पोख्रेलको छ ।
पेशामा सहजता पक्कै हुदैंन तर बैबाहिक अवस्थामा पत्रकारिता क्षेत्र निकै चु्नौतीपुर्ण रहेकोले यस पेशामा टिक्न निकै गाहे हुने गरेको छ । महिला पत्रकारलाई बिवाहपछि हुने समस्यालाई ख्याल गरेर पत्रकार महासंघ, मिडिया हाउस प्रमुखहरुले व्यवसयिक बनाउन बिभिन्न तालिमहरुको प्रयास गरेमा सहज हुने रेडियो भ्वाईसका स्टेशन म्यानेजर गीता पौडेलको भनाइ छ । अन्य पेसामा प्रतिष्ठा हाँसिल गरिसकेका मानिसहरूलाई भोलि राजनीतिक तथा अन्य उच्च पदमा पुगेर आफ्नो कार्यकाल सकिएपछि फेरि आफ्नो पुरानै पेसामा फर्किन गाह्रो हुन्छ, तर पत्रकारितामा हुनेहरूलाई आफ्नो पेसामा फर्कन चाहे खासै अप्ठ्यारो पर्दैन । साथै उमेरको हदबन्दी नहुने हुँदा सक्रिय रहन सके जीवनबाटै अवकाश प्राप्त नभएसम्म यो पेसाबाट बाहिरिनुपर्दैन । विशेषगरी छापा र अनलाइन माध्यममा काम गर्नेहरूका लागि ‘रिपोर्टर’ हुँदाको ‘मोबिलिटी’को अनुभवलाई ‘ओपिनियन मेकर’ का रूपमा जीवनको उत्तराद्र्ध सम्ममा उपयोग गर्न पाउनु पत्रकारिता क्षेत्रको सुन्दर र सबल पक्ष हो ।