गृहपृष्ठ खबर बैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ४ करोड ठगी गर्ने अर्घाखाँचीका बाबुराम श्रेष्ठ पक्राउ

बैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ४ करोड ठगी गर्ने अर्घाखाँचीका बाबुराम श्रेष्ठ पक्राउ

प्रकाशित मिति:

कुवेत र माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । ३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिने भन्दै उनले ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । श्रेष्ठले ४ करोड भन्दा बढी ठगी गर्ने योजना बनाएको भए पनि बैना बापत २ करोड ३० लाख रुपैयाँ उठाईसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता होविन्द्र बोगटीले बताए ।

सुन्धाराको सिटिसि मलमा कार्यालय खोलेर बसेका श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट समेत बनाएर दिल्लीसम्म पुर्याएर अलपत्र पारेको पनि प्रहरीले जनाएको छ । नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको पनि बोगटीले जानकारी दिए ।

सम्बन्धित् समाचार