१ सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसकोे अवसरमा श्रृङिगघाट सामुदायिक वनले शुभकामना आदानप्रदान तथा अन्र्त्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिलाको हक अधिकार तथा घरेलु हिंसाबाट महिलाहरु कसरी पीडित बनेका भन्ने विषयमा आइतबार कुलापानीको हलमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।
कार्यक्रममा बोल्दै सामुदायिक वनका अध्यक्ष रेनु सेनले २१ औँ शताब्दीमा महिलालाई सजावटको रुपमा लिने, सधै दबाएर राख्ने, कुट्ने, पर्दा भित्र राखेर शोषण भइरहेको हुनाले यस्ता भाइरसहरुलाई अन्त्य गर्न सबै एक जुट हुनु पर्ने बताईन् । उनले महिला पुरुष विना यो संसार नचल्ने भएको हुनाले एकले अर्कालाई समानरुपमा हेर्नुपर्ने बताइन् ।
अन्र्त्क्रिया कार्यक्रममा महिलाहरुले आफ्ना हक हितका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए । नारीहरु जति सक्षम भएपनि पुरुषहरुको अधिनमा चल्नुपर्ने कारण अव हामी सबै अधिकार प्राप्तिका लागि लड्नुपर्ने बताएका थिए । राज्यले माथिल्लो तहदेखि तल्लो तहसम्म महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था गरे पनि त्यो हुन नसकेको दावी गरेका थिए । कार्यक्रममा श्रृङिगघाट सामुदायिक वनका पदाधिकारीहरु, वनक्षेत्रका महिलाहरु गरी ५० बढीको सहभागिता रहेको थियो ।