गृहपृष्ठ खबर लघुवित्तको डेढ करोड रुपैयाँ हिनामिना गर्ने २ कर्मचारी पक्राउ

लघुवित्तको डेढ करोड रुपैयाँ हिनामिना गर्ने २ कर्मचारी पक्राउ

प्रकाशित मिति:

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित वित्तीय संस्थामा डेढ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुले पिपरामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्थाकाे उपशाखाको एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेका हुन् । मोरङको ग्रामथान गाउँपालिकाका बद्रीनारायण तवदार र जहदा गाउँपालिका ३ का दीपककुमार कर्णलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

तवदार नेरुडे लघुवित्तका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक पदमा कार्यरत छन् । पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा, किस्ता र ब्याज रकम असुलेकाे देखिएको छ ।

रकम हिनामिनामा अन्यको पनि हात रहेको आशङ्कामा वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी राखिएकाे प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

सम्बन्धित् समाचार