हावाहुरीसँगै आएको असिनापानीका कारण कपिलवस्तुमा ठूलो क्षति भएको छ । शुक्रबार दिउसो एक्कासी हवाहुरीसँगै मेघगर्जन पानी परेको र हुरीसमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा क्षति पुगेको हो ।
गहुँँ लगाए देखि लगातार पानी परेर गहुँ तथा तरकारीबालीलाई क्षति गरिरहेको थियो । यो असनिा पानीले पुरै क्षति गरेको स्थानियहरुले बताएका छन ।
पहिला पानीले गहुँ बालीमा क्षति पुगेको थियो अहिले असिनाले बाली नष्ट पारेको किसानहरुको गुनासो छ । असिना पानीले गहुँबाली, केराउ, तोरी लगायत तरकारीबालीलाई धेरै नै छति भएको छ । कपिलवस्तुमा पानी परिरहेकोले ईटाँ उद्योगहरुमा ठुलो क्षति भएको अनुमान गरिएको छ । असिना पानीसहितको हुरीले पु¥याएको क्षतिको एकिन तथ्यांक नआइसकेको प्रहरीले जनाएको छ ।