कपिलबस्तु ,फागुन ३०
बिश्व किड्नी दिवसको अबसरमा सि एण्ड सी हस्पिटल ४ नं. जितपुर कपिलबस्तुद्वारा निशुल्क करिब ५० जनाको किड्नी जाँच गरिएको थियो । सो अवसरमा वडा नम्बर ४ की महिला वडा सदस्य इन्दिरा पन्त, नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुषाल, कान्तिपुर टेलिभिजनका संवाददाता विकास बन्जाडे, संचारिका समूहकी उपाध्यक्ष पार्वती आचार्य, लगाएत बिभिन्न मिडियामा कार्यरत पत्रकारहरु र जनप्रतिनिधीहरुको किड्नी परिक्षण गरिएको थियो ।उक्त अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक गोपाल घिमिरेले सबैले आ आफ्नो स्वाथ्यको बारेमा सचेत रहदै नियमित रुपमा स्वास्थ्य जाँच गराउन आग्रह गरे । उनले आफूलाई कुन प्रकारको रोग लागेको छ वा छैन भन्ने जानकारी राखी सोही अनुसार शरिरलाई सुरक्षित राख्नका लागि आहार बिहारमा ध्यान दिन समेत अनुरोध गरेका थिए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषालले नाफा मूलक भन्दा पनि सेवा मूलक रुपमा काम गर्दै आएको निजी हस्पिटलले निशुल्क किड्नी परिक्षण गरि सेवा दिएकोमा उक्त नमूना कार्यको सरहना गरेका थिए । उनले सम्पूर्ण शरिरको अंगहरुको चेकजाच गरि किड्नी जस्तो प्रमुख अंगलाई कसैले हेलचक्रयाई नगरी नियमित रुपमा परिक्षण गरि सचेत रहन समेत आग्रह गरेका थिए ।
किड्नी फेल हुनुको मुख्य कारणहरुबारे जानकारी दिदै सि एण्ड सी हस्पिटल प्रालिका फिजिसियन डा. संघर्ष थापाले अहिलेको अबस्थामा शरिरमा पानीको कमी हुनु , ब्याम नगर्नु , नुनको मात्रा बढी प्रयोग गर्नु , नियमित चेकजाँच नगर्ने अबस्था बढी रहेका बेला किड्नी फेल हुनु देखी रगतमा युरिया , क्रिटीनीम बढ्ने क्रम बढ्दो भएको हुदा नियमित मृर्गौला सम्बन्धि जाँच गर्नुपर्ने बताए । त्यस्तै मृगौला बिरामीहरुलाई समेत मधुमेह लाग्ने सम्भावना उत्तीकै हुन्छ , यसर्थ यी रोग एक आपसका कारण लाग्ने डा. थापाले बताए ।
डा। थापाका अनुसार चिकित्सकको सल्लाह बिना बिभिन्न औषधी , अझै दुखाई कम गर्ने पेन्कीलर औषधी सेवन गर्ने खालका बानीले मृगौलालाई असर गर्ने प्रष्टपारे । उनले कुनै पनि रोगको नियमित औषधी सेवन गर्नाले पनि किड्नीलाई असर गर्ने बताए । त्यस्तै ३० देखी ४० प्रतिशत मधुमेहका बिरामीहरु किड्नी सम्बन्धि रोगहरुबाट समस्यामा परेको देखिनुका साथै उच्च रक्तचापको उपचारमा लापर्बाहीले गर्दा मृगौलामा असरपर्ने समेत डा. संघर्षको भनाई छ ।