गृहपृष्ठ खबर मौसम : कपिलवस्तुसहित देशभर चट्याङ र हावाहुरीसहितको पानी पर्ने सम्भावना

मौसम : कपिलवस्तुसहित देशभर चट्याङ र हावाहुरीसहितको पानी पर्ने सम्भावना

प्रकाशित मिति:

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र उच्च हिमाली तथा पहाडी भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले पूर्वका केही ठाउँमा पानी परिरहेको छ भने काठमाण्डौसहित मध्ये क्षेत्रको मौसम बदली भएको छ ।

पश्चिमको मौसम खुलेको छ तर केहीबेरमा काठमाण्डौसहित मध्य र पश्चिममा घाम लागे पनि दिउँसोपछि बदली भएर चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ । राति पनि देशका विभिन्न ठाउँमा पानी पार्ने यो प्रणाली कमजोर भएपछि भोलि आइतबारदेखि मौसम खुल्दै जाने उहाँको अनुमान छ ।

सम्बन्धित् समाचार